कालीकोट : अविरल वर्षाका कारण कालीकोटको गगने खोलामा गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। ठूला ढुंगा र माटोसहितको पहिरो जाँदा बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
सडक अवरुद्ध भएपछि जुम्ला, सुर्खेत, र नेपालगन्ज जाने मालबाहक तथा यात्रुबाहक सवारीहरू बाटोमै रोकिएका छन्। सडक खुलाउने प्रयासस्वरूप हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।
वर्षा अझै जारी रहेकाले थप पहिरोको जोखिम रहेको भन्दै प्रशासनले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

Post a Comment