रुकुम पश्चिममा जिपले च्यापिएर तीन वर्षीय बालकको मृत्यु

  रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ मा जिपले च्यापिएर मृत्यु भएको छ । सोमबार ५ः४० बजेको समयमा मुसिकोट खलङ्गाबाट बाँफिकोट गाउँपालिका वडा नम्बर ५ बडगाँउमा यात्रु छोडेर बाँफिकोट तर्फ फर्किँदै गरेको जिपले च्यापिएर बडगाउँकै शङ्कर पुनको छोरा ३ वर्षीय सिबाङ पुनको मृत्यु भएको हो ।

बडगाँउमा रोकी राखेको रा १ ज ८१२ नम्बरको जिप पुनः चलाउने  क्रममा बालक गाडी मुनि परि च्यापिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

चालक रुकुम पश्चिम  बाँफिकोट गाउँपालिका ४ का २२ वर्षीय बिशाल विकलाई नियन्त्रणमा लिइएको उनले बताए । घटनाको जानकारी आएपछि इलाका प्रहरी कार्यालय बाँफिकोटबाट प्रहरी नायव निरीक्षक बिनोदजंग शाहको कमान्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

घटना स्थल सुरक्षित राखिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरिप्रसाद पुनको कमान्डमा ८ जनाको टोली  खटिएको सूचना अधिकारी प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post