रुकुमपश्चिममा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु, एक जना अझै बेपत्ता

रुकुमपश्चिम : रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –९  र जाजरकोटको नलगाड ८ को मन्मैस्थित ठुलीभेरी नदिमा पौडी खेल्ने क्रममा मृत्यु हुनेको संख्या दुई पुगेको छ । अझै एक जना बेपत्ता रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जाजरकोटको नलगाड नगरपालिका –८ निवासी टेकबहादुर नेपालीको छोरी १६ वर्षीया भगवती नेपाली र सोहि स्थानका सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेश कुसारीको मृत्यु भएको हो । उनीहरु शुक्रबार दिउँसो नदीमा पौडि खेल्न गएका थिए । 

उनका अनुसार नदिबाट उद्धार गरेर ल्याईएकी भगवतीलाई आठबिसकोट नगर अस्पतालमा मृत घोषणा गरिएको हो भने महेशको शव घटनास्थल भन्दा करिब तीन किलोमिटर तल फेला पारिएको हो ।  

उनीसँगै पौडी खेल्न गएकी महेशकी १२ वर्षीया दिदी आशा कुसारी भने बेपत्ता रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए । नदि किनारमा उनीको खोजी कार्य भईरहेको छ । 


Post a Comment

Previous Post Next Post