सामूहिक व्यवसायीका लागि बाख्रा हस्तान्तरण

सुर्खेत : दलित महिलासंग फेडोले व्यवसायीहरुका लागि बाख्रा हस्तान्तरण गरेको छ । जुरी नेपाल र दलित महिला संघ सुर्खेतको साझेदारीमा संचालित हाम्रो सहकार्य परियोजना अन्तर्गत गुर्भाकोट नगरपालिका १२ दहचौर र वीरेन्द्रनगर १ ज्योती पैरवी समुहलाई सामूहिक बाख्रा पालन ववसायीका लागि  बाख्रा हस्तान्तरण गरिएको हो । 

दलित महिलासंघ फेडोले महिलाहरुलाई व्यवसायी बनाउनका लागि वडाको प्रतिनिधीत्वमा वीरेन्द्रनगर १ मा खरी जातीका बाख्रा १२  वटा  एक लाख १९ हजार ५८० र र गुर्भाकोटमा बोयरक्रस बाख्रा १२ वटा एक लाख ४६ हजार ८८० रुपैँया  गरि जम्मा दुई लाख ६६ हजार ४६० रुपैँया  बराबरको बाख्रा वितरण गरिएको छ । 

यस्तै  वीरेन्द्रनगर १ का वडा अध्यक्ष दिनेश खत्रीले विपन्न बस्तीका लागि निशुल्क बाख्रा हस्तान्तरणले ठुलो राहात दिने बताएका छन । वडा अध्यक्ष खत्रीले फेडोले गरेको दुःखलाई मेहनत गरेको राम्रो आम्दानीका साथै व्यवसायी बन्नुपर्नेमा जोड दिएका छन । निशुल्क बाख्राबाट शुल्क उठाउन सक्ने क्षमता राख्न आग्राह गरेका छन । 

यस्तै गुर्भाकोट नगरपालिका १२ का वडा अध्यक्ष तुल्सी प्रसाद शर्माले बाख्रा पाएको अपन्नत्व गरि थप दुःख मेहनत गरि व्यवसायीलाई अगाडी बढाउनुपर्ने बताए । आफुले निशुल्क रुपमा पाएको बाख्राको राम्रोसंग रेखदेख गरि राम्रो व्यवसायी भएर देखान समेत आग्रह गरेका छन । वडा अध्यक्ष शर्माले उत्पादन कति दियो कति फाइदा भयो त्यसको हिसाब राख्यो भने आफुलाई बालबच्चाको रेखदेखमा सहज हुने बताए । फेडोले बाख्रा दिएर टेका लगाएको छ त्यसलाई माथि लैजाने र राम्रो व्यवसायी बन्ने अब तपाइहरुको जिम्मा रहेको समेत उनले जानकारी दिए । 

दलित महिलासंघ फेडोका संयोजक मिना विश्वकर्माले वडाको प्रतिनिधीत्व हुदै समुदायका महिलाहरुलाई राम्रो व्यवसायी तथा उद्यमी बनाउने उद्देश्यले बाख्रा हस्तान्तण गरेको जानकारी दिइन ।  उनले भनिन्,महिलाले आफ्नो क्षमतामा पैरवी गर्न सक्छन उनीहरुले जानेका सिपलाई माथी उठाउनका लागि महिलाको क्षमता अनुसारको व्यवसायीहरु हस्तान्तरण गर्दै आएको जानकारी दिइन । 

बाख्रा हस्तान्तरण कार्यक्रममा समुहका अध्यक्ष, वडा सदस्य, फिडोका स्वयमसेवक, तथा समुहका सदस्यहरुको उपस्थीति रहेको थियो ।  


Post a Comment

Previous Post Next Post