टिकटकबाट म्युजिक भिडियो हुँदै चलचित्रमा दीपाको ‘डेब्यु’

कर्णाली : कर्णाली प्रदेशको रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –९ निवासी दीपा शाहीले टिकटकबाट म्युजिक भिडियो हुँदै चलचित्रमा डेब्यु गरेकी छिन । छोटो समयमा नै एक सय बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाउन सफल दीपाले दिवाकर भट्टराई निर्देशित चलचित्र ‘नरसिंहा : अवतार’मा पहिलो पटक अभिनय गरेकी छिन । 

गत जेठ ९ गतेदेखि प्रर्दशनमा आएको यस चलचित्रमा राजेश हमाल लगायतका कलाकारसँग अभिनय गर्न पाउनु आफ्नो ठुलो अवसर पाएको दीपाले बताइन  । टिकटकबाट चर्चामा आएर म्युजिक भिडियोमा तानिएकी दीपाले “कस्ती थिए कस्ती भए, कर्णाली–कर्णालीतिर, एक नजरमै फिँदा भए म, डाँडापारी, मेरी भुपु मायालु, जाउँ साईली बेनी बजार, लजाउने हैछौनि, मायाको रोग” लगायतका चर्चित गितमा उत्कृष्ट अभिनय गरेकी छिन । 

म्युजिक भिडियोको दमदार अभिनयपछि चलचित्रमा अफर आएको हो । कलाकारिताको भोक, अनेकन अड्चन बिचको अविचलित संषर्षको कारण सुन्दर संगत, अवसर र सफलता मिलेको उनको बुझाई रहेको छ । बच्चै देखि ठुलो पर्दामा देखिने रहर ‘नरसिंहा : अवतार’ को रोजी क्यारेक्टरबाट पुरा भएको दीपाले बताइन । चलचित्र र म्युजिक भिडियो क्षेत्रबाट केहि गर्ने सोच बोकेको बताउहुँदै उनले आफ्नो क्षमतामा विश्वास गरेर यो क्षेत्र रोजेको उल्लेख गरिन । 

दीपालाई अहिले चलचित्र र म्युजिक भिडियोमा राम्रो अफर आउने गरेको छ । यसका अलावा विभिन्न विज्ञापनहरुमा उनको अभिनय देख्न सकिन्छ । भगवानले आफूलाई ‘मुभी र म्युजिक’ क्षेत्रमा केहि गर्नलाई पठाएको बताइन । दीपाले आफ्नो पहिलो चलचित्र ‘नरसिंहा : अवतार’ मा आफूले निभाएको भूमिकामा पूर्ण सफल भएको बताइन । 

सामाजिक कथावस्तु, प्रेम, द्वन्द्व तथा बदलाको कथावस्तुमा निर्माण भएको ‘नरसिंहा : अवतार’ मा दीपाले राजेश हमालसहित नीर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्की, नीति शाह, सनिशा भट्टराई, रमेशचन्द्र सोडारी, राजिव जङग बस्नेत लगायतसँग अभिनय गरेकी छिन  । 


Post a Comment

Previous Post Next Post