सुर्खेत : हाम्रो सहकार्य परियोजना अन्र्तगत दुई दिने रिफरल सहयोग संयंन्त्र सम्बन्धी पुर्नताजकीय तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ । जुरी नेपाल र दलित महिला संघ सुर्खेतको साझेदारीमा संचालित हाम्रो सहकार्य परियोजना अन्तर्गत उक्त तालिम सम्पन्न भएको हो ।
तालिमका सहभागि महिलाहरुले महिलामाथी हुने लैगिंक हिंसा,मानसिक स्वास्थ्य समस्या समाधानका उपाय र सहजिकरण गर्ने विषयमा छलफल गरेको थिए । कार्यक्रममा प्रमिला नेपालीले पिडितलाई न्याय दिदाँ अपनाउनुपर्ने विधि तथा तरिकाकाबारे भौतिकरुपमा गरिने परामर्श बारेमा जानकारी दिएकी थिइन । मानसिक विरामीको उपचार पद्धतीबाट आफुले आफैलाई समय दिन आवश्यक हुनेवारे आफुहरुले जानकारी पाएका उनले बताइन । ईन्सेक सुर्खेतका संयोजक नारायण सुवेदीले फोन तथा अनलाईनका माध्यमबामवाट हिंसा पिडितलाई सहायता कक्षाबाट सेवा दिइरहेको बताए । सुर्खेतमात्र नभइ हिंसा पिडितहरुलाई १२÷१५ हजारसम्मका आर्थिक सहयोगसमेत गरेको उनले बताए ।
वीरेन्द्रनगर नगरपालिका टिका घलेले वीरेन्द्रनगरमा सवैखाले हिंसा पिडितहरुको न्युनिकरण गर्न आवश्यक रहेको बताइन । हिंसा पिडितहरुको सुरक्षाकालागि सुरक्षीत घर स्थापन गरि सिपमुलक कार्यक्रमबाट क्षमता बृद्धि गर्ने कार्यक्रम रहेको उनले बताइन । कार्यक्रमका अध्यक्ष तथा फेडोका सचिव खगिसरा वलीले यस तालिमले महिलाहरुको क्षमता बृद्धी गर्न सहयोग पुग्नेमा जोड गरिन ।
Post a Comment