आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

काठमाण्डौ : आज विहिबाार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर दुई हजार दुई सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार दुई सय २५ रुपैयाँ कायम भएको थियो । 

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali