पारिवारिक कलहको भूमरीमा बालबालिका

सुर्खेत : परिवार भनेको प्रेम, सद्भाव, विश्वास, सहयोग र श्रद्धाको भावनाले पारिवारिक जीवन स्वर्ग हुन्छ । यस्तो परिवारमा सबै सदस्यहरु आपसमा मिलेर बस्छन् । एकअर्काप्रति श्रद्धा र प्रेम गर्नेगर्छन् । विश्वास र भरोसाले उनीहरु एकढिक्का हुन्छन् । पारिवारिक मेलमिलापले उनीहरुको घरमा सुख शान्ति प्राप्त आउछ । तर, कतिपयको पारिवारिक सम्बन्ध एकदमै खराब हुन्छ । एकअर्कामा शंका, अविश्वास, घृणा, असहयोगले उनीहरुमा कलह र मनमुटाब पैदा गरिरहन्छ । 

यस्तो परिवारमा बारम्बार झगडा हुन्छ । एकअर्कामा दोषारोपण भइरहन्छ । एकअर्काबाट शसंकित हुन्छन् । उनीहरु एकअर्कालाई सहयोग गर्दैनन् । यस्तो परिवारमा दुःख, अभाव, कलह मात्र भइरहन्छ । जसको प्रभाव बालबालिमा देखिन थाल्दछ । बालबालिकाले जस्तो देख्यो त्यस्तै नै सिक्न  पाउँछ । कर्णालीमा पनि यस्तो खालको समस्याहरु देखा पर्न थालेको छ । जसको सिकार बालबालिकाहरु भइरहेका छन् । 

सुर्खेत बराताल गाउँपालिकाका ११ वर्षका बालक आफ्नो घरपरिवारको झगडाका कारण उनले आत्महत्याको बाटो रोजे । उनले आत्महत्या गर्नुको मुख्य कारण परिवारमा दिउनहुँ भइरहने झगडाको कारण रहेको प्रहरीकाे अनुसन्धानले देखाएकाे छ। उनको घरमा धेरै जसो विभिन्न विषयमा लिएर झै, झगडा  भइरहने र त्यसकै कारण मानसिक तनावमा परेपछि अात्महत्या गरेकाे अनुसन्धानमा स‌‌लग्न प्रहरीहरु बताउँछन् । 

यस्तै रुकुमपश्चिम आठबिसकोट नगरपालिकाकी ८ वर्षकी एक बालिका जसले घरमा कोही नभएको समयमा बाख्राको डोरीमा झुन्डीएर आत्महत्या गर्नु भएको छ । झुन्डीएर हत्या गर्नुको कारण अनुसन्धान गर्दैजाँदा घरमा भएको झगडा रहेको खुलेको छ । उनको घरमा हुँदा जहिल्यै उनको घरमा झगडा हुने गथ्र्यो । त्यस झगडाको सिकार छोरी बन्नुपरेको प्रहरी  अनुसन्धानमा स‌‌लग्न प्रहरीहरु बताउँछन् । 

उल्लेखित घटनामात्र केही प्रतिनिधिमात्र हुन् । पछिल्लाे समय परिवारकै कलहका कारण बालबालिकाले अात्महत्या गर्नेक्रम कहानी लाग्दाे छ । पारिवारिक कलहका कारण कर्णालीमा आर्थिक वर्ष २०/०८१ र चालु आर्थिक वर्ष २०८१/०८२ मा ६२ जना बालबालिकाले आत्महत्या गरेका छन ।

८ वर्ष यता कर्णालीमा आत्महत्या गर्ने बालबालिकाको संख्या 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी शिवकुमार श्रेष्ठका अनुसार बालबालिकाले गरिबी, देखासिकी र क्षणभरको आवेकमा आएर आत्महत्या गर्ने गरेको बताए  । घरेलु हिंसा, आमाबुवाको कुटपिट तथा गालिले पनि कतिपय बालबालिकाले आत्महत्या गरेको अनुसन्धानका क्रममा खुलेको एसएसपी श्रेष्ठले जानकारी दिए ।

 प्रयास अप्रभावकारी 

नेपाल प्रहरीले आत्महत्या रोकथाम गर्ने उद्देश्यले विभिन्न प्रकारका जनचेतानामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि आत्महत्याका घटनामा भने कमी आएको देखिँदैन । 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी श्रेष्ठले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा आत्महत्या रोकथाम तथा न्यूनीकरण अभियान सञ्चालन भइरहेको बताए ।

समुदाय प्रहरी साझेदारीअन्तर्गत नेपाल प्रहरीले स्थानीय तहका जनप्रतिनिधिसमेतको सहभागितामा देशभर आत्महत्या रोकथाम अभियान नै सञ्चालन गरेको बताए । देशभरका चार हजारभन्दा बढी समिति गठन गरिएका छन् ।

बढ्दो बेरोजगारी, आर्थिक अभाव, सामाजिक अपहेलना तथा उपेक्षाका कारण यस्ता घटना बढ्ने गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगसँगै बढ्दै गरेको साइबर अपराधका कारण आत्महत्याका घटना बढ्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरीको अनुसन्धानले आत्महत्या रोकथामसम्बन्धी प्रयासमा ज्ञान, सीप तथा जनचेतनाको कमी देखाएको छ भने रोकथामका लागि वैज्ञानिक अनुसन्धानसमेत भएको देखिँदैन । आत्महत्या गर्ने सोचाइ भएका व्यक्तिको मनोचिकित्सा गर्न मनोवैज्ञानिक परामर्शको समेत कमी छ । सामाजिक अपहेलना तथा मानसिक रोग लुकाउने प्रवृत्तिका कारण यस्ता घटना बढ्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ  ।


 


Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali