तीन जना किसानलाई उत्कृष्ट पुरस्कार

जुम्ला : कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लाका तीन जना किसानलाई उत्कृष्ट पुरस्कार भएका पुरस्कृत छन् । कृषि क्षेत्रमा लामो समयदेखी योगदान दिएका तीन जना किसान मुख्यमन्त्री उत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत भएका छन् ।

आइतबार एक विशेष कार्यक्रमको आयोजना गरेर पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले उत्कृष्ट तीन जना किसानलाई पुरस्कार वितरण गरिएको बताए । चालु आर्थिक वर्षको विनियोजित बार्षिक स्वीकृत कार्यक्रमनुसार पुरस्कार प्रदान गरिएको हो । सन्तोष बस्नेत (पाण्डे) रीता पाण्डे र सन्तकली भण्डारी पुरस्कृत भएकी छन् । ९ जना किसान मध्य छनोट समितिले विभिन्न मापदण्डलाई आधार मानेर तीनजना सिफारिस गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आर्चायले पुरस्कार प्रदान गरेका हुन् । मुख्यमन्त्री उत्कृष्ट पुरस्कार बाट सम्मानित हुने सन्तोषले नगद ३० हजार रुपैयाँ, रीता र सन्तकलीले नगद २५ हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । व्यवसायीक कृषि फर्म,भेडा पालन व्यवसाय गरेका उद्यमी र किसानलाई पुरस्कार दिइएको छ ।

कर्णाली प्रदेश सरकारले व्यवसायीक कृषि तथा पशुपालन र उत्पादन बृद्धिका लागि किसानलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्दै आएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए । निरन्तर कृषि कर्म लाग्ने किसानलाई सरकारले सम्मान गर्छ,पुस्कार दिन्छ,आफ्नै ठाउँमा ईलम गर्नुपर्छ भन्ने भावनाको विकास गराउन र कृषिमा प्रेरित गराउन मुख्यमन्त्री उत्कृष्ट किसान पुरस्कार टेवा पुराउने अपेक्षा गरिएको छ ।

Post a Comment

Previous Post Next Post