कर्णालीमा प्रतिपक्षीले गरे संसद् अवरुद्ध

 सुर्खेत : कर्णाली प्रदेशमा माओवादी केन्द्रले बजेट निर्माणमा योजना छनोट प्रक्रियाको विरोध गर्दै संसद अवरुद्ध गरेको छ।  आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा योजना छनोट प्रक्रियामा गलत काम भइरहेको भन्दै माओवादीले सोमबारको बैठक अवरुद्ध गरेको हो ।

माओवादी सांसद विन्दमान विष्टले योजना बैँकमा योजना इन्ट्री गर्ने विधिमाथि नै प्रश्न उठाए । चित्तबुझ्दो जवाफ सरकारले नदिएसम्म सदन चल्न नसक्ने चेतावनी उनले दिए ।  सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी छन् ।

Post a Comment

Previous Post Next Post