भारतमा कोरोना संक्रमितको संख्या ६ हजार पुग्यो : मृत्युको संख्या ६५ पुग्यो

एजेन्सी : भारतमा  कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ४९१ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै कोभिड-१९ का ३५८ नयाँ संक्रमित फेला परेको भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको वेबसाइटमा उल्लेख छ। जनवरी १ यता देशभर कोभिड(१९ का कारण ६५ जनाको मृत्यु भइसकेको छ।

कोभिड–१९ का कारण सबैभन्दा धेरै १८ जनाको मृत्यु महाराष्ट्रमा र १५ जनाको मृत्यु केरलमा भएको छ। राजधानी दिल्लीमा सातजनाको मृत्यु भएको छ। यद्यपि पछिल्लो २४ घण्टामा भने कोभिडका कारण कसैको मृत्यु भएको छैन।

सक्रिय संक्रमितको  संख्या केरल १,९५७,गुजरात ९८०, दिल्ली ७२८,महाराष्ट्र ६०७,पश्चिम बंगाल ७४७ र उत्तर प्रदेश २२५ जना रहेको जनाएको छ । 


Post a Comment

Previous Post Next Post