सुर्खेत : वीरेन्द्रनगरमा भएको १६ वर्षमुनीको टी.बी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणमा व्यहोरेको हारको बदलासंगै मधेश प्रदेशले पहिलो ऐतिहासिक उपाधि जित्न सफल भएको छ ।
कालुंगचोक मैदानमा शनिबार भएको फाइनलमा बाग्मतिलाई ७ विकेटले हराउँदै मधेशले समूह चरणमा बाग्मतिसंग व्यहोरेको ३७ रनको बदलासंगै उपाधिपनि हातपार्न सफल भएको हो ।
टस हारेपनि पहिला ब्याटिंगको निम्ता पाएको बाग्मतिले निर्धारित ५० ओभरको खेलमा जम्मा ३३ ओभर मात्र खेल्दा आप्mनो सबै १० विकेट गुमाउँदै १ सय १२ को सामान्य स्कोर बनायो ।
बाग्मतिका लागि ओपनरद्धय सूर्यांशु कोईरालाले ७ बलमा १० जोड्दा राजीव कोइरालाबाट क्याच आउट भएपछि ४० बल खेलेका प्रशिद्ध जैसी २५ रन बनाउँदै रोहन यादवबाट रन आउट भए ।
परिमर्जन यादवको बलमा सन्तु मण्डललाई क्याच थमाउँदै तेश्रो नम्बरका ब्याटर जोय थापा ६ रन जोडेर डगआउट फर्किदां सलमान अलि मुसलमानबाट बोल्ड हुँदै चौथो नम्बरका शिवशक्ति महतो जम्मा २ रनमा आउट भए ।
२३ बलमा ४ रन जोडेका अभी थपलिया सलमानको बलमा सन्तु मण्डलबाट क्याच आउट भएपछि धर्मराएको बाग्मतिको पारीलाई मिडल अर्डरका रोहित ठाकुरले ४६बलमा २२ तथा आशिष गुप्ताले १७ रन जोड्दै सम्हाल्ने प्रयास गरे ।
रोहन यादवले रोहितलाई एलबीडब्ल्यू तथा आशिषलाई बोल्ड गर्दै पवेलियन फर्काएपछि बाग्मतिका ब्याटिंग लाईनपनि खस्किदैं गयो ।
त्यसपछिका ब्याटरमध्ये राजेश बोहोरा १ तथा कमल शाहीले नटआउट ४ रन जोडेपनि शुशील सावँद र आशिक थापा रित्तो हात डगआउट फर्किन बाध्य हुँदा बाग्मतिले २१ रन अतिरिक्त पायो ।
जवाफी ब्याटिंगमा उत्रिएको मधेशका लागि उपाधि दिलाउने पिल्लरका रुपमा रहेका ओपनर आयान मुखियाले ३३ बलको सामना गर्दै नटआउट २२ तथा पाँचौ अर्डरका सन्तु मण्डलले २२ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए ।
आयानसंगै ओपनिंगमा आएका सुशान्त सिंह १५ बलमा १२ रन बनाएको अवस्थामा प्रशिद्ध झाको बलमा टपेन्द्र विष्टलाई क्याच थमाउँदै डगआउट फर्किएपछि परिमर्जन यादवपनि ४ रन मात्र जोड्दा प्रशिद्धकै धरापमा परे ।
लगत्तै माहि यादवपनि जम्मा ४ रनको स्कोरमा आउट भएपछि पारी सम्हालेका सन्तुले टिमलाई जीतसम्म पुर्याए।
नेपाल क्रिकेट संघ (क्यान) को मुख्य आयोजना, कर्णाल्ी प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा कर्णालीमा पहिलो पटक क्रिकेटको राष्ट्रिय प्रतियोगिता भएको हो ।
जेठ १९ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालित प्रतियोगितामा सात वटा प्रदेशका टीमहरुको सहभागिता थियो ।

Post a Comment