सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले फुटपाथ व्यबस्थापनका लागि मापदण्ड तोकेको छ । फुटपाथका कारण नगरपालिकाका मुख्य चोकहरु कुरुप भएपछी मापदण्ड तोकिएको हो । नगरपालिकाले फुटपाथ व्यवस्थित गर्न रेड जोन फुटपाथ व्यवसाय गर्न पूर्ण निषेधित क्षेत्र तोकेको छ । सडक तथा सार्वजनिक स्थलहरुमा अनियन्त्रित, अव्यवस्थित र अतिक्रमित ढंगबाट व्यापार व्यवसाय गर्नेको संख्या बढेपछि दिगो समाधानसहित रेड जोन क्षेत्र तोकिएको हो ।
सडक फोहोर व्यवस्थापन, ट्राफिक जाम र शहरी सौन्दर्यतामा असर पर्न थालेपछि नगरपालिकाको कार्यपालिका बैठकले एयरपोर्ट चोकको तिनकुने क्षेत्र, बसपार्क भित्र जाने दुवै गेट, मंगलगढीमा फुटपाथ व्यवसाय गर्न पूर्ण निषेधित क्षेत्र तोकिएको छ । बुलबुलेट गेट, एरिचोक, प्रदेश अस्पताल गेट, एयरपोर्ट गेट, सरकारी कार्यालय र नगरपालिकाको कार्यालयदेखि ५० मिटर आसपासको क्षेत्रमा फुटपाथ निषेधित क्षेत्र तोकिएको छ ।
यस्तै, रत्न राजमार्ग, हटालाइन सडक किनारादेखि पाँच मिटर तथा विरुवा लगाएको तीन मिटर बाहिरि क्षेत्र, नगर भित्रका सडक किनारा र वडा कार्यालयले तोकेका अन्य क्षेत्रहरुमा फुटपाथ राख्न नपाईने नगरपालिकाले जनाएको छ । निषेधित क्षेत्र तोकिएका ठाउँमा फलफुल, तरकारी, सडक खाजा खाना, अन्य आवश्यक खुद्रा वस्तुहरु, डोके व्यवसायी र ठेला व्यवसायी गर्न पाइने छैन् ।
ठेलामा गरिने चाट र अन्य व्यवसायलाई भने भानुपार्क आसपास, माथिल्लो हटिया चोक पश्चिममा रहेका फलफुल, तरकारी पसल तथा वीरेन्द्रचोक नजिकै सडकमा व्यवसाय गरिरहेकालाई डाँडा स्कुलको पूर्व–दक्षिणतर्फको खाली क्षेत्रमा राखिनेछ । धमालाचोक क्षेत्रमा मकै तथा चाट व्यवसाय गर्नेहरू पश्चिम क्षेत्रको खाली क्षेत्रमा सर्नुपर्नेछ । आंशिक ९एल्लो जोन० क्षेत्रमा फुटपाथ सञ्चालन गर्न सकिने क्षेत्रहरुमा पिपल चौतरा, घण्टाघर दक्षिण नगरपालिका, खेलकुद चोक जाने सडकको दक्षिणतर्फ, घण्टाघर–कालुञ्चोक क्षेत्र बाहेकको क्षेत्रमा सडक खाजा, कर्णालीबासी उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको विक्री वितरण गर्नमा रोक नलगाईने नगरपालिकाले जनाएको छ ।
यी स्थानहरुमा गर्मी समयमा विहान ६–९, साँझ ४–७ र अन्य समयमा ५–८ बजेसम्म व्यवसाय गर्न पाइनेछ । जुनसुकै समय ९ग्रीन जोन० मा व्यवसाय गर्न सकिने क्षेत्रहरुमा बुलबुले गेटको उत्तरतर्फको विश्वविद्यालयको पर्खालमा खुद्रा सामान र जिल्ला प्रहरी कार्यालयको पूर्वी चोकबाट श्री कृष्ण माविको अगाडी खाजा तथा खुद्रा व्यवसाय सञ्चालन गर्न सकिनेछ । नगरले तोकिएका क्षेत्रमा फुटपाथ व्यवसायीहरू सात दिन भित्र सर्न भनेको छ । फुटपाथ अनुमतिको समयावधि साप्ताहिक, मासिक र वार्षिक तय गरिएको छ ।
सुर्खेत उद्योग बाणिज्य संघका महासचिव राम प्रसाद जैसीले ‘सडकमा ठेलादेखि जुत्ता सिलाउने व्यवसाय गर्नेलाई निश्चित स्थानमा तोकेर व्यवस्थापन गर्ने नगपालिकाको निर्णय स्वागतयोग्य रहेको बताए। वीरेन्द्रनगर नगरपालिकाकाा प्रमुख मोहनमाया ढकालले गरि खाने नागरिकहरुको दैनिक जीविकोपार्जनलाई निश्चित स्थान तोकेर राख्न लागिएको जानकारी दिइन। उनले ‘नगरले ठाउँ तोकेर उनीहरुलाई व्यवसाय गर्न दिने बताइन ।

Post a Comment