मुगु : काठमाडौँदेखि रारा तालसम्म नियमित पर्यटन बस सेवा सञ्चालनका सम्भावनाबारे अध्ययन गर्न गठित अध्ययन टोली रारा ताल पुगेर सुर्खेत फर्किएको छ ।
रारा तालसम्मको सडकको अवस्था लगाएतका बिषयलाई अध्यायन गरेर टुरिस्ट बस एसोसिएसन अफ नेपाल ९टीबान० को फर्किएको हो । रारा ताल पुगेर आएको टोलीलाई कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मन्त्रालयमा आयोजित कार्यक्रमका बीच स्वागत गरेका थिए । टोलीले रारा यात्रा क्रममा देखिएका चुनौती र समस्या सम्बन्धमा मन्त्रालयलाई विस्तृत जानकारी गराएको छ । टोलीले अनुसार होटल तथा बासको अबस्था, सडकको अवस्था, पूर्वाधारको अभाव, पेट्रोलियम पदार्थको पहुँच, पर्यटक सुविधाको अभाव लगायतका चुनौती समाधान गर्न जरुरी रहेको बताएको टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भिष्म न्यौपानेले बताए ।
स्थानीय व्यवसायी तथा सरोकारवालाहरुले रारा तालसम्मको यात्रा सहज बनाउनका लागि सरकारको सहकार्य आवश्यक रहेको बताएका छन् । मन्त्री अधिकारीले मन्त्रालय पर्यटन पूर्वाधार विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्ययन प्रतिवेदनका आधारमा आगामी नीति तय गरिने जानकारी दिए ।
Post a Comment