सुर्खेतका प्रमुख एसपीको १४ महिने कार्यप्रगति सार्वजनिक

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रूपेश खड्काले आफ्नो कार्यकालमा गरेका कार्यप्रगति सार्वजनिक गरेका छन् । ९ फागनु २०८० मा कार्यालयको जिम्मेवारी सम्हालेका खड्का आफ्नो १४ महिने कार्यकाल सकेर सरूवा भएपछि यो अवधिमा गरेका उपलव्धीहरू सार्वजनिक गरेका हुन् । प्रमुखको रुपमा कार्यरत रहँदा खड्काले सुर्खेत जिल्लाको शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन जस्ता क्षेत्रमा कुशलताका साथ कार्य सम्पादन गरेका छन् । जनताको जिउधनको सुरक्षाको सुनिश्चितता गर्दै समाजमा प्रहरी प्रति सकारात्मक भावनाको विकास गर्नु खड्काको मुख्य उपलब्धी हो । आफ्नो कार्यकालमा चालु मुद्दाका ६१३ मध्य फैसला भएका तर लगतमा फरारका २९२ जना प्रतिवादी पक्राउ गरेर अदालतको जिम्मा लगाएका छन् ।

विगतका बर्षहरुमा कार्यान्वयनमा रहेका जघन्य तथा गम्भिर कसुरका १४ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ९७८ जना हराएका मानिस मध्ये ९५९ मानिस फेला पारेर आफन्तसँग पुनर्मिलन खड्काले गराए । तीन हजार ९०३ उजुरीहरुको शतप्रतिशत सम्बोधन गरी अपराध नियन्त्रण तथा अनुसन्धानमा बिशेष भुमिका खड्काले पूरा गरेका छन् । प्रहरी कर्मचारीको आचरण र अनुशासनमा विशेष ध्यान दिई उत्प्रेरित जनशक्तिबाट कार्य सम्पादन उत्कृष्ट गर्नमा सुधारात्मक काम खड्काले गरेका छन् । कर्मचारीहरुको सामान्य स्वास्थ्य परिक्षण, सामुहिक भोजन तथा मनोरञ्जन, प्रहरी कर्मचारीलाई ईच्छाएको युनिटमा आन्तरिक काज, श्रीमान श्रीमती रहेका प्रहरी कर्मचारीहरुलाई नजिक हुने गरी आन्तरिक खटन जस्ता कार्यहरु गरी प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने कार्य उनले गरेको एक प्रहरीले बताए ।

घटना न्युनिकरण, घटित घटनाको तत्काल सम्बोधन तथा ग्रामिण क्षेत्रसम्मका समस्या सम्बोधनका लागी ४१ LRP  र १०४०२। सुरक्षित समाजका लागी विभिन्न निकायसंग समन्वय गरी ६० वटा र बबई नाकामा  ANPR का लागी ३ वटा क्यामेरा जडान खड्काकै कार्यकालमा पूरा भएको छ । सडक दुर्घटना र अपराधका घटनाहरू न्युनिकरणका लागि वीरेन्द्रनगर बजार क्षेत्रमा सीसीटिभी क्यामरा जडानका लागि सरोकारवाला निकायसँग समन्वय गरी जडानका प्रक्रिया उनको कार्यकालमा शुरू गरिएकोछ ।

उत्प्रेरित जनशक्तिद्वारा समाजलाई सुरक्षित महशुस बनाउन महत्वपुर्ण योगदान गराउन जहिले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न हौसला दिँदै आफ्नो कार्यकालमा खड्काले प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षको सचिवालय नक्साल र प्रदेश कार्यालय कर्णाली प्रदेश ६ पटक पुरस्कृत गराउन सफल भए । खड्का प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा नक्सालमा सरुवा भएका छन् ।

Post a Comment

Previous Post Next Post