सुर्खेत : वीरेन्द्रनगरमा मोटरसाइकल चोरी गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८, का नचिन चन्द र सप्तरीको कन्चनपुर नगरपालिका–४, का देवा सारदार रहेका छन् ।
उनीहरूले वीरेन्द्रनगर नगरपालिका–३, का सूर्यबहादुर बस्नेतको घरमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेका थिए । आइतबार राती चोरी गरेका उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–३ को तातापानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चलाएर लगिरहेको अवस्थामा फेला पारिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

Post a Comment