अवैध संरचना हटाउन वीरेन्द्रनगरले चलायो डोजर

सुर्खेत : अवैध संरचनाहरु हटाउन वीरेन्द्रनगर नगरपालिकाले आज डोजर चलाएको छ ।  वीरेन्द्रनगर नगरपालिका–६, को घण्टाघरलाइन,हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले  अवैध संरचनाहरुमा डोजर चलाएको हो । 

नगरपालिकाको डोजर आइसकेपछि केही व्यापारीले सामान उठाउन थाले पनि केही व्यापारी भने प्रतिकारमा उत्रिएका छन् । व्यापारीले ढुङ्गा मुढा हानेपछि नगरपालिकाको डोजरको सिसा फुटेको छ । झडपको स्थिति सृजना भएपछि नगरपालिकाको डोजर पछि हटाएको डोजर पुनःसुरु गरि निमार्णहरु भत्काएको छ ।

 डोजर चालाएकाक्रममा झडप हुदा तिन जना कर्मचारी घाइते भएका छन् ।  प्रहरीले माथिबाट आदेश पाएपछि नगरपालिका संगसगै खटेर संरचना हटाउनमा मद्दत गरिरहेको छ। 

यस क्षेत्रमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन्। 

यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सरकारी जग्गाहरु खाली गराउन ३५ दिने सुचना समेत निकाले उनले जानकारी दिइन । उनले भनिन् सरकारी ज्रग्गामा आफूखुसी संरचना बनाई व्यवसायिक प्रयोजनमा लगाएका भवनहरु भत्काएर त्यहाँ पार्किग र पार्कहरु निमार्ण गर्ने उनले जानकारी दिइन । 

यस्तै माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो  आन्दोलनमा उत्रिएका थिए ।

Post a Comment

Previous Post Next Post