वीरेन्द्रनगरमा एक जना मृत अबस्था फेला

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइलीमा एक जना पुरूष मृत अबस्थामा भेटिएका छन् । मृत भेटिनेमा बारा जिल्ला घर भई हाल लाटिकोइलीमा बस्दै आएका ३२ वर्षका अनिल पट्टेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।

उनका अनुसार मृतकको घाँटीमा काटिएको चोट छ । घटनास्थलमा चुलेसीसमेत फेला परेको उनले बताए ।

मंगलबार ११ बजेतिर उनको कोठामै शव भेटिएको प्रहरीले जनाएको छ । मृतक लामो समयदेखि वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Post a Comment

Previous Post Next Post