प्रदेश सभाका माननीय हरु र नागरिक समाज बीच छलफल तथा अन्तरक्रिया

 



फागुन २९ , २०८० । सुर्खेत । गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेश को आयोजना तथा विभिन्न अन्य गैर सरकारी संस्था को सहयोगमा प्रदेश को राजधानी सुर्खेत मा मंगलबार महिला , बालबालिका , जनजाति , अपाङ्गता भएका व्यक्ति, एकल महिला , द्वनद्वपीडित , पिछडिएका आम महिला तथा ज्येष्ठ नागरिक का सवाल सामाजिक न्याय सम्बन्धी विद्यमान ऐन कानुन प्रस्तावित विद्यालय सम्बन्ध मा कर्णाली प्रदेश का। नागरिक समाज बीच छलफल तथा अन्तरक्रिया भएको छ । छलफल मा कर्णाली मा भइरहेका सामाजिक समस्या हरु का विषयमा विभिन्न व्यक्तित्व हरु को उपस्थित थियो । कार्यक्रम को सभाध्यक्ष गैर सरकारी महासंघ सुर्खेत का अध्यक्ष प्रकाश सारु ले गर्नु भएको थियो भने प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका ऊर्जा जलश्रोत मन्त्री माननीय उर्मिला विश्वकर्मा हुनुहुन्थ्यो कार्यक्रम मा बोल्दै मन्त्री विश्वकर्मा ले वर्तमान अवस्था मा सरकार संक्रमण काल मा भएको हुँदा केही समस्या भएको र उक्त समस्या छिचोल्दै काम गर्दै आइरहेको बताउनु भयो । कार्यक्रम मा कर्णाली प्रदेश सामाजिक विकास समिति का सभापति घनश्याम भण्डारी ले सामाजिक विकृति लाई हटाउन नयाँ कानुन निर्माण गर्ने भन्दा पनि भएका कानुन कार्यान्वन गर्नु प्रमुख चुनौती रहेको बताउनु भयो । 



करिव ५ दर्जन सहभागी रहेको कार्यक्रम मा कर्णाली प्रदेश मा रहेका बालबालिका का समस्या , महिला , अपाङ्गता भएका व्यक्ति का समस्या , एकल महिला , ज्येष्ठ नागरिक तथा द्वन्द पीडित का समस्या हरु समाधान गर्न सम्पूर्ण गैर सरकारी संस्था हरु एक ठाउँमा उभिने समय आएको कार्यक्रम का सभापति प्रकाश सारु ले जानकारी दिनु भयो ।

Post a Comment

Previous Post Next Post