सुर्खेत : पुर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य जीवन बहादुर शाहीले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक र सांस्कारी ज्ञान दिन पनि उतीकै आवश्यक रहेको बताएका छन । इन्टरनेसनल कोअपरेटिभ एकेडेमीको २१ औँ वार्षिक उत्सवमा बार्षिकोत्सव तथा अभिभावक दिवसमा यस्तो बताएका हुन ।
उनले भने विद्यार्थीलाई समयको महत्व र व्यवहारिक ज्ञानको कमी भयो भने पढेको कुनै पनि अर्थ नलाग्ने हुँदा व्यवहारिक ज्ञान सिक्न आवश्यक रहेको बताएका छन ।
धेरै विद्यार्थीलाई एक साथ जोडि राख्नु नै ठुलो कुरा भएको बताए । विद्यार्थीलाई एक किसिमको शिक्षा दिन्छु सबैलाई डाक्टर,इन्जिनियर बनाउछु भनेर बनाउन सकिदैन त्यही अनुरुप नै यस विद्यालयले विद्यार्थीलाई विद्यार्थीको चाहाना अनुसारको शिक्षा दिक्षा दिन विभिन्न तरिकाहरु अपनाउदै विद्यार्थीको क्षमता अनुसार अघि बढेको बताएका छन । विभिन्न खालको क्षमता भएका व्यक्तिलाई एक ठाउँमा जोडेर राख्ने काम शिक्षकले गरेको उनले उल्लेख गरे । विद्यार्थीलाई समयमा आउने, अनुसासनमा रहन सबै एक साथ राख्ने काम शिक्षकले गर्ने उनले बताए । साना बालबालिकालाई सानैबाट राम्रो शिक्षा दियो भने देश परिवर्तन गर्न सकिने समेत उल्लेख गरेका छन ।
वि.स. २०६० सालदेखि सुरु भएको यस विद्यालयले भौतिक व्यवस्थापनको साथमा १६ ओटा व्याजमा एसएलसी र एसइइमा सफलता हासिल गरिसकेको छ भने ८ ओटा व्याजको कक्षा १२ बाह्य परीक्षामा सहभागी गराई सकेको छ । यस विद्यालयबाट एसएलसी पास भएका विद्यार्थीहरुले समेत बजारमा आफ्नो मूल्य मान्यताप्राप्त गर्न सफल भएको इन्टरनेसनल कोअपरेटिभ एकेडेमीका प्रिन्सिपल यामराज गिरीले जानकारी दिए ।
उनका अनुसार विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरु निजामति सेवा, मेडिकल साइन्स, इन्जिनियरिङ, कृषि विज्ञान, नर्सिङ, व्यवस्थापन इत्यादिमा आफ्नो क्षमता प्रस्तुत गरी राम्रो नतिजा ल्याएको उल्लेख गरे । साथै विद्यालयले सञ्चालन गरेको फुटबल एकेडेमीबाट प्रशिक्षण खेलाडी अन्तराष्ट्रिय र राष्ट्रिय खेलमा सहभागी भइरहेका छन् । यस विद्यालयबाट साँस्कृतिक क्षेत्रमा पनि नेतृत्व गर्दै राष्ट्रिय स्तरमा समेत पहिचान बनाइसकेको उनले जानकरी दिए ।
विद्यालयको भौतिक अवस्था
विद्यालयले हाल २ वटा व्लकमा अध्यापन गराउँदै आएको नर्सरीदेखि कक्षा ५ सम्म एउटा व्लकमा छ भने ६ देखि १२ सम्म अर्को ब्लकमा अध्यायन गराइरहेको छ । विद्यालयमा कम्प्युटर ल्याब, साइन्स ल्यावको माध्यमिक तहसम्मलाई आवश्यक पर्ने सामग्रीको व्यवस्था, पुस्तकालयका साथै मल्टिमिडियाको लागि दुईओटा प्रोजेक्टरको व्यवस्था गरिएको अध्यायन गराइरहेको छ । विद्यालयले साना बच्चाको लागि र ठुला बच्चाको लागि छुट्टा– छुट्टै खेल मैदानको पनि व्यवस्था गरेको प्रतिवेदनमा उल्लेख छ ।
शौक्षिक व्यवस्थापन
विद्यालयले आफ्नो शौक्षिक व्यवस्थापनका लागि तालिम प्राप्त तहगत,विषयगत र कक्षागत शिक्षकको व्यवस्था गरि विद्यार्थीको वस्तुस्थिती र अस्थाबारे मुल्याङ्कनको विधिबाट शिक्षा प्रदान गरेको समेत विद्यालयले जानकारी दिएको छ । कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाकोठाको व्यवस्था गरि हरेक शिक्षक कर्मचारीहरुको कार्यविवरण पत्र दिएर सोही अनुसार कार्यको हेरफेर गर्ने गरिएको कार्यविधिमा उल्लेख छ । विद्यालयले कम्प्युटर ल्यावको प्रयोग गरि मल्टिमिडिया क्लासलाई समेत प्रोजेक्टरको माध्ययमबाट शिक्षा दिने गरेको छ । शैक्षिक गतिविधि र मूल्याङ्कनलाई प्रभावकारी बनाउन हरेक महिनाको अन्तिम दिन शिक्षक कर्मचारीको बीचमा बैठक बसी समस्या समाधानको उपाय अनुसार नै काम गर्दै अघिबढेको विद्यालयले जानाएको छ ।
विद्यार्थीको शिक्षा राम्रो बनाउनका लागि प्रत्येक त्रैमासिक परीक्षा पश्चात अभिभावक, विद्यार्थी र शिक्षकहरुको बीचमा छलफल गरी हरेक गतिविधिको बारेमा जानकारी लिने दिने गरिएको विद्यालयको प्रतिवेदनमा उल्लेख छ । विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार अघि सरेको प्रिन्सिपल गिरीले जानकारी दिए । प्रिन्सिपल गिरीले विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई सामाजिक,सांस्कतीक र व्यवहारिक ज्ञानमा पनि अब्बल बनाउने लक्ष्यका साथ अघि बढेको उनले जानकारी दिए । अहिले यस एकेडेमीमा नर्सरी देखि १२ सम्म १०२५ जना विद्यार्थीहरुले अध्यायन गरिरहेका छन ।
यस्तै कार्यक्रममा प्याप्सनका केन्द्रिय सल्लाकार तथा सदस्य,शिक्षा विकास तथा समन्वयन इकाइका प्रमुख,वीरेन्द्रनगर शिक्षाका प्रमुख, सुर्खेत जिल्ला प्याप्सनका अध्यक्ष, वडा अध्यक्ष, शिक्षक, अभिभावक लगाएतको सहभागिता रहेको थियो ।


Post a Comment