कर्णालीमा विषादी सम्बन्धी जनचेतना मूलक सप्ताह शुरु

सुर्खेत : कर्णाली सरकारले विषादी न्यूनीकरणका लागि रासायिनिक विषादी मुक्त सप्ताह आजदेखि शुरु भएको छ । विषादीको प्रयोग बढी हुने क्षेत्रमा आजदेखि एक हप्तासम्म विषादी सम्बन्धी जनचेतना मूलक कार्यक्रमको शुरु भएको हो ।

सप्ताहको अवसरमा आज विहान वीरेन्द्रनगर मंगलगडीचोकबाट प्रभात फेरी निकालिएको छ । प्रभातफेरी पिपलचौतारीमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने भन्दै अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको योजना कार्यान्वयन शुरु भएको बताए ।

उनले पछिल्लो समय मुटु, मृगौलाका बिरामी बढ्दै गएको भन्दै यसको प्रमुख कारण विषाधीको प्रयोग भएको बताए । उनले कर्णालीमा यस विषयमा गाउँ गाउँसम्म पुर्याउनुपर्नेमा जोड दिए ।

यस्तै, मन्त्रालयका सचिव डा. नरहरी प्रसाद घिमिरेले रासायिनिक विषाधीको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर परिरहेको भन्दै यसको निराकरण गर्न कर्णालीबाट शुरुवात गर्नुपर्नेमा जोड दिए ।

उहाले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन सके देशलाई नै सिकाई हुने बताउँदै विषाधीको सट्टा अन्य विकल्प खोज्नुपर्नेमा जोड दिए ।

वढ्दो जनसंख्याको लागि खाद्य वस्तुको वढ्दो माग आपूर्ति गर्न खाद्यवस्तु उत्पादन वृद्धि भइरकेको भन्दै सचेतना फैलाउन यस्तो कार्यक्रमको आयोजा गरिएको मन्त्रालयका सचिब घिमिरेको भनाई छ ।

सप्ताहव्यापी कार्यक्रममा जनचेतनामुल प्रसारप्रसार,जैविक विषादी र पासोजन्य सामग्रीको प्रदर्शन तथा वितरण, विषादी सम्बन्धी विधालयमा विभिन्न अभिमुखिकरण कार्यक्रम सञ्चालय गरिने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

उनले विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

Post a Comment

Previous Post Next Post