हेलिकोप्टरबाट हिउँमा फसेका ८ जनाको उद्धार

सुर्खेत : हिमपातका कारण फागुन १८ गतेदेखि जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह बजेडी पाटनमा अलपत्र परेका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

भारी हिमपातका कारण केही दिनदेखी सम्पर्क बिहिन गिडिदह भन्दा माथि लेकमा फसेकाहरु लाई कर्णाली प्रदेश सरकारको तर्फबाटट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जीसीले बताएका छन् ।

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह बजेडी पाटनमा अलपत्र परेका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएका मध्य तातोपानी गाउँपालिका वडा नम्बर ७ का दिया रावत, हरिशोभा रावत, सशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत सहित ८ जनालाई उद्धार गरिएको मन्त्री जीसीले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post