कर्णालीमा प्रथम महिला सम्मेलः महिला अधिकार र महिला शसक्तिकरणमा उल्लेखनिय सुधार गर्नुपर्छ : पुर्व राष्ट्रिपती

सुर्खेत : पुर्व राष्ट्रिपती विद्यादेवी भण्डारीले महिला अधिकारलाई र महिला शसक्तिकरणमा उल्लेखनिय सुधार गर्नुपर्ने बताएकी छिन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरीय महिला सम्मेलनमा पुर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । 

नेपालमा महिला अधिकार र महिला शसक्तिकरणमा उल्लेखनिय सुधार गर्नुपर्नेमा उनले जोड दिइन् । सामाजिक न्याय, महिला अधिकार र लैङ्गिक अधिकार, सामाजिक जागरण,सचेतना अभियानको परिणाम स्वरुप महिला अधिकारको क्षेत्रमा उल्लेखनिय सुधार ल्याउनुपर्ने बताएकी छिन । 

विंस.२०६३ जेष्ठ १३ गते पुनःस्थापित प्रतिनिधि सभाले महिलाका अधिार सम्बन्धी चारबाट विधेक ल्याएर महिलाको अधिकार पुर्ण रुपमा सुनिश्चित गरेको बताइन् । यसैगरि २०७२ सालमा बनेको देशको नयाँ संविधानले पनि महिलाको हक अधिकार सुनिश्चित बनाएको उनले जानकारी गराइन् । महिलाहरुको अगुवाईको विशाल सभाले महिलाको भुमिका महत्वपुर्ण रहेको बताउदै महिला अधिकारलाई समानुपातिक हक, महिलाको मौलिक हक, प्रतिनिधि सभामा महिलाको सहभागिता हुुनुपर्ने बताइन । पुर्व राष्ट्रिति भण्डारीले महिलाको अधिकार सुनिश्चित भएको जानकारी दिइन । उनले भनिन् महिलाको समानुपातिक हक, प्रजनन् क्षमताको हक र महिला स्वास्थ्य शिक्षा लगाएतको विषयमा अघि बढ्दै गएको छ । 

महिला अधिकारका लागि लौङ्गिक समानतालाई जारि राख्नुपर्ने जानकारी दिइन । उनले महिलाको विकासमा सधै आफु लागि परेको र सधै लागि पर्ने समेत जानकारी दिइन् । महिला अधिकार र महिलाको अभिवृद्धी गर्न सबै महिला एकजुट हुनुपर्ने बताइन ।  महिलाहरु सामाजिक, संस्कृतीक राजनितिकमा पछि पार्नुका साथै महिलाहरु हरेकखालका घटनामा पिसिएको समेत जानकारी गराइन । महिलाहरु आर्थिक, सामाजिक,राजनितिक र सांस्कृती रुपमा पछि परेकाले यसमा आफु निरन्त्तर रुपमा लागि पर्ने बताइन ।  तीन तहका सरकारले महिलालाई निति निमार्णमा समान सहभागीता गरउनुपर्नेमा जोड दिएकी छिन । महिला र पुरुष एक भएर जानुको साथै महिलाको सिप,क्षमता र सिजृनालाई विकासका साथ अधि बाढाउनुपर्नेमा जोड दिइन् । 

उनले भनिन्,कर्णाली भौगोलिक हिसाबले विकटता भएपनि यहाँका पाकृतीक सम्पदा तथा सौर्दयताले भरीपुर्ण भएकाले पर्यटनप्रबधन गर्नका लागि सुन्दर पर्यटकिय क्षेत्रका रुपमा रहेको रारा,से–फोक्सुण्डो,पंचाल झरना,तिला गुफालाई अघि बढाउनुपर्ने जानकारी दिइन् ।  

कर्णालीका नदिमा पुल, पहाडमा सुरुग र केवुलकार भयो भने कर्णाली विकास क्षेत्रमा राम्रो हुदै जाने बताइन । कर्णाली खस भाषाको उद्यगम स्थल भएकाले गर्दा पनि यस प्रदेशलाई राम्रो प्रदेशको रुपमा लिन सकिने  बताइन । 

कर्णालीका मुलकमा सवारी साधनको आवश्यक रहेको समेत उनले जानकारी दिइन् । 

उनले भनिन् भुकम्पबाट प्रभावित सुत्केरीमहिला, बालबालिकालाई तथा जेष्ठ नागरिकलाई मध्ये नजर गर्दै पुर्नः निर्माणमा सरकार यथासिघ्रि लाग्न सरकारको ध्यानआकर्षण गराएकी छिन ।  

 

 


Post a Comment

Previous Post Next Post