कर्णालीमा पहिलो पटक महिला सम्मेलन हुदै

सुर्खेत : वीरेन्द्रनगरमा यही फागुन २१ गते सोमवार महिला सम्मेलन हुने भएको छ । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमा निर्वाचित महिला उपप्रमुखलगायत महिला प्रदेशसभा सदस्य, विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेका महिला नेतृत्वको सहभागितामा कर्णाली प्रदेश स्तरीय महिला सम्मेलन हुने भएको हो । सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन । 

महिला सम्मेलनको अगुवाई गर्ने वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले अन्तर्राष्टिय श्रमिक महिला दिवसको अवसर पारेर कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा महिला सम्मेलनको आयोजना गर्न लागिएको बताइ । उनले महिला तथा बालबालिकाहरुको साझा हितका साथै स्थानीय तहहरुमा बजेट, नीति र निर्माण गर्न साझा अवधारणा तय गर्न महिला सम्मेलनले सघाउने दावी गरेकाी छिन। 

उनका अनुसार सम्मेलनमा झण्डै एक हजार महिला नेतृत्व सहभागी हुनेछन । कार्यक्रम सिटी हलमा गरिनेछ । सम्मेलनमा महिला तथा बालबालिकाहरुको पक्षमा अहिलेसम्म भएका उपलव्धीहरु, तिनीहरुको संवद्र्धन, आगामी दिनमा चाल्नु पर्ने कदम, स्थानीय तहहरुमा निर्माण गरिने बजेट तथा योजना तर्जुमालगायतका विविध पक्षमा जानकारी गराइनेछ । यसका साथै महिला नेतृत्वहरुले गरेका कामहरुको अनुभव आदानप्रदान पनि गरिने जानकारी उनले दिइन । यस्तै महिलामैत्री सरकार, महिलामैत्री बजेट र योजना बनाउन पनि यो सम्मेलनले सहयोग पुग्ने अपेक्षा गरेकी छिन। सम्मेलनमा लाग्ने खर्च स्थानीय तहहरुले नै व्यहोर्नेछन् । यसैगरी पूर्व राष्ट्रपति भण्डारीले मंगलवार विहान नगर अस्पतालको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिइन । 


Post a Comment

Previous Post Next Post