नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर प्रहरी नियन्त्रणमा

सुर्खेत : सुर्खेतको भेरीगंगामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । भेरीगंगा नगरपालिका–४ स्थित छिन्चु खोलाबाट प्रचलित कानुनको प्रतिकुल हुने गरी कार्यविधि विपरीत अवैध रूपमा उत्खनन गर्दै गरेका दुई ट्याक्टरलाई प्रहरीले आज बिहीबार नियन्त्रणमा लिएको हो ।

ईआइए नभएको कार्यविधि ठेक्काको सर्त विपरीत नदी जन्य पदार्थ उत्खनन गरी रहेको अवस्थामा भे १ त ७५१२ र ना ७ त २२९१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कारबाहीको लागि भेरीगंगा नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post