सुर्खेत : आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका रुपमा मात्र जातीय विभेद अन्त्ते भएको वीरेन्द्रनगर २ की सध्या वि।कले बताएकी छिन । बाहिर अभियान्ता हु भन्नेहरु पनि पानि खान समेत सन्कोच मान्ने र बाहाना बनाउने उनले जानकारी दिइन । उनले भनिन् सहयोग गर्दा पनि आफुले जातका कारण विभेदहरु भोग्दै आएको उनले बताइन । म जस्ता धेरै दलितहरुले जातका कारण निकै नै दुःख भोग्नु परेको उनी बताउछिन ।
“सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म भन्ने मुल नारा सहित मानव अधिकार तथा शान्ति समाज सुर्खेतशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफुले जातका कारण निकै विभेद भोग्नु गरेको जानकारी दिइन । उनले भनिन बाटोमा हिड्ने मानिसले समेत जातका कारण मागेको पानि समेत नखाएर फर्किएको उनको भोगाइ छ । सानो परिवार छ कसैलाई सहयोग गर्दा आफुलाई खुसी लाग्छ । तर काम गर्नलाई पनि पहिले जात नै चाहिन्छ । काम गर्नलाई पहिले कस्को छोरी हौँ भनि सोध्ने चलनले सेवा गर्ने मौका नै नदिएको उनले बताइन ।
संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । दिवसका सन्दर्भमा नेपालमा पनि बिहीबार सचेतना, सङ्घर्ष तथा छलफल र बहसका कार्यक्रमहरू हुँदै छन् ।
१९६० मा दक्षिण अफ्रिकामा जातीय भेदभाव विरुद्धको शान्तिपूर्ण र्यालीमा प्रहरीले अमानविय दमन गर्दै निशस्त्र ६० जना को निर्मम हत्या गरेको संझनामा मार्च २१ लाई जातिय विभेद बिरुद्धको दिवसको रूपमा संसारभर मनाइन्छ ।
मानव अधिकार तथा शान्ति समाजले दलित अधिकार मानव अधिकार भन्ने नारा लिएर सामाजिक समानता जागरण अभियान , छुवाछूत विरुद्ध अभियान संचालन गर्दै आएको छ , समाजको केन्द्र देखि जिल्ला शाखाको संरचनामा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने प्रावधान रहेको छ भने जातिय भेदभाव र छुवाछूत मानव सभ्यताको लागि कलन्क भएको र यस्तो बिबेकहिन प्रवृति चाडो भन्दा चाडो अन्त्य हुनुपर्ने धारणा शान्ति समाजले राखेको छ ।
यस्तै कार्यक्रममा श्री त्रिपुरेश्वर मा.विका प्रिन्सिपल रुद्ध बहादुर खत्रीले विद्यालयस्तरबाटै जातीय भेदभाव अन्त्तेको सुरुवात गर्नु पर्ने बताएका छन । विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई सामाजिक ज्ञान दिन पनि दिन जरुरी रहेकाले जातीय भेदभाव विरुद्ध हुने गतिविधिकाबारेमा जानकार दिनुपर्ने प्रिन्सिपल खत्रीले बताए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव प्रकाश शाहीले दलितलाइ हुने बिभेदलाइ निर्मुलन गर्नका लागि सरकारलाई दलितका बारेमा जाकारी दिन जरुरी रहेको बताएका छन । विभेदलाई जरादेखि नै उखलेर फाल्न जरुरी रहेको बताए । केन्द्रिय सचिब शाहीले जातिय विभेदका कारण मानिस आफ्नो नाम समेत खुलेर भन्न नसक्ने गरेको बताए ।
कानुनी रुपमा जातिय विभेदको अन्त्ते गर्नका लागि पहिले आफुबाटै शुरुवात गर्नु पर्ने जानकारी दिए ।
यस्तै मानव अधिकार तथा शान्ति समाज सुर्खेतका सभापती प्रेम भण्डारीले जातिय भेदभाव अन्त्तेका लागि लागु गरिएका ऐन कानुन अनुसार नै कानुनि कार्बही गर्ने बताएका छन । आफुलाई कसैले जातिय भेदभाव गर्छ भने त्यसलाई कानुनी दाहेरामा ल्यान जरुरी रहेको बताए । राष्ट्रिय दलित आयोग, संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र गैरसरकारी संस्था महासङ्घमा गई उजुरीका लागि निवेदन दिने समेत जानकारी दिए ।
यस्तै कार्यत्र्रममा विद्यार्थी, शिक्षक तथा मानव अधिकार तथा शान्त्ति समाज सुर्खेतका सदस्यहरुको उपस्थिती रहेको थियो ।



Post a Comment