हुम्लामा बोलेरो जीप दुर्घटना : २ जनाको मृत्युु, ६ जना घाइते

सुर्खेत : हुम्ला जिल्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नम्बर ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जीप शनिबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।




 

Post a Comment

Previous Post Next Post