वीरेन्द्रनगर जेसिज द्वारा एकदिने संसदीय बैठक प्रक्रिया प्रशिक्षण कार्यक्रम






५ फागुन २०८० । शनिवार । सुर्खेत । वीरेन्द्रनगर जेसीजको आयोजना र वीरेन्द्रनगर जेसीजले मातृत्व प्रदान गरेका शाखाहरु क्रमशः सुर्खेत लेडी जेसीज, कर्णाली जेसीज, भेरिगङ्गा जेसीज र वीरेन्द्रनगर जेसीजको प्रोजेक्ट वीरेन्द्रनगर जुनियर जेसीजको सह-आयोजनामा ७० बढी जेसीज सदस्यहरुको सहभागितामा "Multi Chapter Parliamentary Meeting Procedure Training" सम्पन्न भएको छ । वीरेन्द्रनगर  मेगा रेष्टुरेन्टमा संचालित कार्यक्रमको अध्यक्षता वीरेन्द्रनगर जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी हिक्मत सापकोटाले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष जेसी सीता भण्डारी हुनुहुन्थ्यो । सो तालिमको प्रमुख प्रशिक्षक नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय कार्यरिणी उपाध्यक्ष जेसी अनिल बहादुर शाही हुनुहुन्थ्यो । कार्यक्रमका अतिथिहरुमा वीरेन्द्रनगर जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी कमल प्रसाद लामिछाने, वर्ष २०२२ का अध्यक्ष जेसी शैलेन्द्र पाठक, सुर्खेत महिला जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी लक्ष्मी गुरुङ, भेरिगङ्गा जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी रामु सुवेदीज्यूको उपस्थिति रहेको थियो।

 

कर्णाली जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी गणेशमान पाण्डे ज्यूले आस्थापाठ र वीरेन्द्रनगर जुनियर जेसीजका अध्यक्ष जु. जेसी शंकर आचार्यज्यूले जेसीआई मिसन भिजन बाचन गर्नु भएको थियो ।तालीममा सुर्खेत महिला जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी मिना गुरुङ ज्यूले सम्पुर्णलाई स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको कार्यक्रममा वीरेन्द्रनगर जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी हिक्मत सापकोटा ज्युले अध्यक्षिय मन्तव्य द्वारा धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै भेरीगंगा जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी गणेश बहादुर वलीज्यूले सहयोग को र सहकार्यको लागी प्रमुख अतिथि ज्यू र उपस्थित सम्पुर्ण सहभागीहरु लाई धन्यवाद व्यक्त गर्नुभयो । 


कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४ को " Advisor to National Skill Development Committee" मा मनोतित हुनुभएकोमा वीरेन्द्रनगर जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी शैलेन्द्र पाठकज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्मान समेत गरिएको थियो । प्रमुख अतिथि ज्यूले विशेष आभार सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै आफू र बोर्डको तर्फबाट कार्यक्रम प्रभावकारी गराउन सक्दो सहयोग रहने जानकारी गराउनु भएको थियो । अन्तमा कार्यक्रम संयोजकज्यूले अतिथिज्यूहरु प्रति आगामी कार्यक्रमहरुमा पनि सहयोगको विशेष अपेक्षा गर्दै सम्पुर्ण सहभागीहरु लाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

Post a Comment

Previous Post Next Post