कर्णाली उत्सवको पाँचौैं संस्करण बुलबुले उद्यानमा शुरु

सुर्खेत :  ‘कर्णाली उत्सव’:कुडा कर्नालीकाको पाँचौँ संस्करण आजदेखि सुर्खेतको वीरेन्द्रनगर बुलबुले उद्यानमा शुरु भएको छ । शनिबारदेखि शुरु भएको उत्सव तीन दिनसम्म चल्लने छ । उत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गरेका छन् । 

उत्सवमा प्रकोप र पूननिमार्ण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ । उत्सवमा कर्णालीको रुपान्तरणको लागि गन्थन, मन्थन र चिन्तन हुने आयोजक ऋति फाउण्डनेशनले जनाएको छ । उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले २०७६ सालदेखि शुरु भएको कर्णाली उत्सवको यात्रा अनवरत चलिरहेको बताए । ‘पाँचौं संस्करणमा  आइपुग्दा थप परिष्कृत र परिमार्जित हुँदै गएको छ । कर्णालीले आफनो कुरा आफै भन्न थालेको छ । कर्णालीमा बसेरै पनि राष्ट्रिय मुद्धाहरुमा बहस गर्न सकिन्छ भन्ने सन्देश दिएको छ’ उनले भने । 

निर्देशक गौतमले विचारहरुको पनि उत्सव हुन्छ भन्ने कुराको मानक स्थापित गर्न सफल भएको बताए । ‘५ वर्षको अन्तरालमा ७० भन्दा वढी सत्रमार्फत २५० भन्दा वढी वक्ताले यही मञ्चबाट कर्णालीलाई सुन्ने सुनाउने बुझ्ने बुझाउने चेष्टा गर्नुभएको छ’ उनले भने । 

आयोजक सहरका तर्फबाट वीरेन्द्रनगरमा बहसको बहार विषयमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नया“ डिस्कोर्स सुरु भएको बताइन् । ‘कुराबाट विचार उत्पन्न हुन्छ । विचार र बहसले विकासको थालनी हुन्छ’ उनले भनिन्, ‘त्यसका लागि कर्णाली उत्सव जस्ता बहस गर्ने थलोको आवश्यक छ ।’ सामााजिक न्यायको क्षेत्रमा समेत कर्णाली पछि परेकोले त्यसका लागि पनि बहस आवश्यक रहेको उनले बताइन् । 

उनले कर्णालीको विकास, राजनीति, सामाजिक न्यायका कुरामा समेत बहस हुन आवश्यछ रहेको बताइन् । ‘कर्णालीमा दुःखका मात्र नभइ संमृद्धि र सम्भावनाका कुरा हुन् आवश्यक छ । हामीले हाम्रा कुरा भन्न आवयक छ । त्यसका लागि यस्ता बहसको महत्व छ । हामीले हाम्रो विरासतका  विषयमा बोल्न आवश्यक छ । यो बिचारको वहस राष्ट्रिय र अन्तिराष्ट्रिय स्तरमा सुनिन आवश्यक छ,’ उनले भनीन् । 

पहिलो दिन उत्सवमा ५ वटा सत्र हुनेछन् । पहिलो सत्रमा इपिसेन्टरको बारेमा छलफल हुनेछ  । यसमा कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पलाई केन्द्रविन्दु बनाएर छलफल हुनेछ । दोस्रो सत्रमा पैकेलो रहेको छ । यसमा जीवन प्रशिक्षक नरबहादुर कार्की वत्ता रहेका छन् । यस्तै शनीबारकै अर्को सत्र संकट र सेवा रहेको छ भने चौथौं सत्रमा जोखिम र जुइन्या जुक्तिमा छलफल हुनेछ । पहिलो दिनको अन्तिम सत्रमा कर्णाली कन्सर्टःसांगीतिक साँझको आयोजना गरिएको छ ।

यो उत्सवमा १३ वटा सत्रका ६३ वटा वक्ता रहेका छन् भने, १८ जना सहजकर्ताले संञ्चालन गर्नेछन् ।

Post a Comment

Previous Post Next Post