वीरेन्द्रनगरमा भोलीदेखि महायज्ञ धार्मिक महोत्सव सुरु हुदै

सुर्खेत : वीरेन्द्रनमा भोलीदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव सुरु हुने भएको छ । ॐ जलेश्वर धाम मन्दिर व्यवस्थापन समितिद्धारा आयोजित पत्रकार सम्मेलमा उक्क्त कुराको जानकारी दिएको हो । 

 उत्तरगंगा मन्दिरको महिमा बिगत देखि तीनवटा गंगा वाणगंगा, पातालगंगा र उत्तरगंगा मध्य यस उत्तरगंगा परिषर भित्र मिति २०४५ सालमा योगी नरहरीनाथद्वारा आयोजीत कोटीहोम महायज्ञ संचालन भएको जलेश्वरधाम मन्दिरका व्यवस्थापन समितीका अध्यक्ष पार्वती गिरिले जानकारी दिइन । 

उक्त यज्ञबाट भएको आम्दानीले ३ कठ्ठा १७ धुर जग्गा खरीद गरेको र त्यस पछिका यज्ञहरु मध्य पण्डित गोविन्द भूषालबाट वाचन गरिएको सप्ताह पूराण महायज्ञबाट भएको आम्दानीले मन्दिर परिषर भित्र १९ धुर जग्गा खरिद गरिएको अध्यक्ष गिरिले बताइन । तेश्रो पटक कालिमाताद्वारा संकल्प गरिएको महायज्ञका वाचक पण्डित सञ्ज्याल जी महाराज रहेको कोटीहोम महायज्ञ १५ दिने भएको, उक्त यज्ञमा १२५ जना पुरोहित (पण्डित) हरुले होमन गरिएको उनले बताइन । त्यस यज्ञबाट भएको आम्दानीले एक कठ्ठा जग्गा र अहिले बनेको शिवको ठूलो मन्दिर समेत बनाउन सहयोग पुगेको आयोकहरुले बताएका छन । यस पटक महायज्ञबाट हिन्दु धर्मको सक्षार्थ भक्तजनहरुलाई भागवत् कथा श्रवण गरी लाभ उठाउनुका साथै संकलित अर्थ (रकम) बाट पछाडि निर्माणाधिन अधुरो भवनको काम पुरा गर्नुका साथै मन्दिर अगाडि रहेको जलासयको मर्मत संभार गर्ने उद्देश्य रहेको जलेश्वरधाम मन्दिरका व्यवस्थापन समितीका अध्यक्ष गिरिले जानकारी दिइन । हाल सञ्चालन हुने महायज्ञका लागि मौजाद रकमनभएकाले कलस बिक्री गर्ने आयोजकले जानकारी दिएका छन । आयोकका अनुसार हालसम्म १११ कलश ल्याएको र थप ल्याउने प्रक्रियामा रहेको आयोजकको भनाई छ । 

 महायज्ञमा दान गर्ने भक्तजनहरुलाई गरिने सम्मान यसप्रकारका छन्ः

१. रकम रु.१००१ देखि २५०१ सम्म प्रदान गर्नुहुने भक्तजनलाई सादा प्रमाण पत्र सहित सम्मान ।

२. रकम रु.२६०० देखि ५००१ सम्म प्रदान गर्नुहुने भक्तजनलाई सादा फ्रेम सहितको प्रमाण पत्रले सम्मान ।

३. रकम रु.५००१ देखि १०,००० सम्म प्रदान गर्नुहुने भक्तजनलाई सादा फ्रेम सहितको प्रमाण पत्रले सम्मान ।

४. रकम रु.१०,००१ देखि १५,००० सम्म प्रदान गर्नुहुने भक्तजनलाई काठको बुट्टेवाल फ्रेम सहितको प्रमाण पत्रले सम्मान ।

५. रकम रु.१५,००१ देखि २०,००० सम्म प्रदान गर्नुहुने भक्तजनलाई काठको अलि राम्रो बुट्टेवाल फ्रेम सहितको प्रमाण पत्रले सम्मान ।

६. रकम रु.२०,००१ देखि ५०,००० सम्म प्रदान गर्नुहुने भक्तजनलाई काठको अलि राम्रो चाँदीको बुट्टेवाल फ्रेम सहितको प्रमाण पत्रले सम्मान ।

७. रकम रु.५०,००१ देखि १००,००० सम्म प्रदान गर्नुहुने भक्तजनलाई काठको अलि राम्रो चाँदीको फरक बुट्टेवाल फ्रेम सहितको प्रमाण पत्रले सम्मान

 ८. रकम रु.१,००,००१ देखि २,५०,००० सम्म प्रदान गर्नुहुने भक्तजनलाई काठको अलि राम्रो चाँदीको बुट्टेवाल फ्रेम सहितको प्रमाण पत्र र च्यादर, दोसल्लाले सम्मान । ९. रकम रु. २,५०,००१ देखि ५,००,००० सम्म प्रदान गर्नुहुने भक्तजनलाई काठको फ्रेम शुद्ध चाँदीको घेरा सहितको प्रमाण पत्रले सम्मान ।

महायज्ञ धार्मिक महोत्सवमा सबैले तन, मन,धन लगाई यो कार्यलाई सु सम्पन्न गर्न आयोजक समितिले अनुरोधं गरेका छन ।


Post a Comment

Previous Post Next Post