सत्ताको दुरुपयोग भयो : पूर्वमन्त्री थानी

सुर्खेत : प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले सत्ताको दुरुपयोग भएको बताएका छन्। । सुर्खेतमा आयोजित तेस्रो कर्णाली एक्स्पोको  उद्घाटन कार्यक्रममा बोल्दै  प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री थानीले सत्ता र शक्तिको भरमा मुलुक चलाउन नपाइने धारणा व्यक्त गरेका हुन। उनले सरकार सञ्चालनमा रहेका प्रतिनिधिहरूले सत्ताको दुरुपयोग गरेको बताएका छन ।

शक्ति र पहुँचको भरमा सारिएका कार्यालयको विरोध जनाउँदै विमानस्थल सार्ने नीति कार्यान्वयन हुननसक्ने बताए। भेरी कोरिडोरको कार्यालय बोटेचौर सार्नु गलत भएको बताए। आवश्यकता र औचित्यका आधारमा फिर्ता ल्याउन अडिग हुने बताएका छन।

मानवअधिकार, कानुनी राज्य लगायतका कुरा किताबमा मात्र पढ्ने अवस्था रहेको छ। राजनीति दलप्रति लक्षित भएको नागरिक दवावमा सुध्रिन आवश्यक रहेको छ।

कर्णाली प्रदेश स्थापना सदनले होइन, यहाँका जनताले ज्यान दिएर स्थापना भएको बताए।

कर्णालीमा चामल, नुन र सिटामोलका लागि मान्छे रुन परेको अवस्था छ। सत्तापक्ष वा प्रतिपक्ष सबै मिल्न पर्ने उनले भने होडबाजीले विकास हुन नसक्ने बताए।कर्णालीको विकासको गति सुस्त भएको छ। कर्णालीका लागि छुट्टै लगानी सम्मेलन गर्ने, कर मिनाहा जस्ता नमुनाका कुरा गर्ने वातावरण बनाउन सुझाव दिए।

व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएको छैन। आफू राज्य व्यवस्था समितिमा हुँदा भएका एनसिएल जस्ता काण्डहरुको उदाहरण दिँदै यही अवस्थाले मुलुक सुध्रिने अवस्था नरहेको बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री प्रदेश सांसद लगाएतको उपस्थित थियो।  आज ९मंगलबार०बाट सुरू भएको महोत्सव फागुन २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Post a Comment

Previous Post Next Post