निःशुल्क आँखा शिविरमा २८ सय बढीले गराए परीक्षण

सुर्खेत : सुर्खेत जिल्ला को पुर्वी क्षेत्रमा आँखाका बिरामीहरुमा मोतियाबिन्दुको डरलाग्दो अवस्था रहेको पाइएको छ । फागुन महिनाको पहिलो हप्तामा जिल्लाको मेहलकुनामा बसेको तीन दिने निःशुल्क आँखा शिविरमा मात्रै ३ सय बढी बारामीहरुले मोतियाबिन्दुको सफल अप्रेसन गराएको एकीकृत आँखा कान तथा स्वास्थ कार्यक्रम कर्णाली प्रदेश संयोजक मानबहादुर कँवरले बताए ।

सामुदायिक आँखा अस्पताल मेहलकुनाद्धारा आयोजना गरिएको निःशुल्क आँखा शिविर कार्यक्रममा पुर्वी सुर्खेत र सल्यानका गरी २८ सय ४० जनाले निःशुल्क आँखा परीक्षण गरेका छन् । माघको १७ गतेदेखि मोतियाविन्दू शिविर सुरु भएको थियो । फागुन दुई गतेसम्म स्क्रिन भयो भने फागुन ५ गतेसम्म सर्जरी सेवा दिइएको थियो ।

आखाँ तथा कान स्वास्थ्य कार्यक्रम प्रमुख कुँवरका अनुसार परीक्षण गरिएकामध्ये ४ सय २४ जना मोतियाविन्दुको समस्या देखा परेको थियो । त्यसमध्ये ३ सय १ जनाको निःशुल्क अप्रेसन गरिएको थियो भने बाँकीलाई निशुल्क औषधि वितरण गरिएको थियो । राप्ती आखाँ अस्पताल दाङका डाक्टर सुरेश रसाइलीले निःशुल्क अप्रेसन गरेका थिए ।

उक्त शिविरमा पुर्वी सुर्खेतका गुर्भाकोट, भेरीगंगा नगरपालिका तथा सिम्ता गाउँपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकाका नागरिकहरु सहभागि थिए । नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सुर्खेतको आर्थिक सहयोग तथा गुर्भाकोट नगरपालिकाको सहकार्य ,नेपाल नेत्रज्योति संघ सामुदायिक आँखा उपचार केन्द्र ९सर्जिकल सेन्टर ०तथा नेपाल नेत्रज्योति संघ राप्ति आँखा अस्पतालको प्राविधिक सहयोग डाक्टर सुरेश रसाइलीको नेतृत्व र नेपाल नेत्रज्योति संघ सामुदायिक आँखा उपचार केन्द्र गुर्भाकोट सुर्खेतको आयोजनामा आँखा शिविर संचालन भएको थियो । पछिल्लो समय नेपाल नेत्र ज्योति संघले कर्णाली प्रदेशमा एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम लागू गरेको छ । जसवाट कर्णालीका हजारौं नागरिकले निःशुल्क सेवा पाउदै आएका छन् ।

Post a Comment

Previous Post Next Post