सुर्खेत : सन् २०२२ को फेब्रुअरी २४ मा युक्रेनमा रुसले आक्रमण गरेपछि सुरु भएको रुस–युक्रेन युद्धले दुई वर्ष पूरा भएको छ । मानवअधिकार तथा शान्ति समाज सुर्खेत शाखाले भीषण युद्धको तत्काल अन्त्यको माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन गरेको हो।
मानविय युद्धविराम घोषणा गरी इजरायललाई युद्ध तत्काल रोक्न आग्रह गरिएको थियो । प्रदर्शनमा रुस निकै डराएको छ, युद्ध तत्काल अन्त्य गर्नुपर्छ, युक्रेनमाथिको आक्रमण बन्द गर्नुपर्छ, रुसले युद्ध बन्द गर्नुपर्छ, शान्ति कायम गर्नुपर्छ, रुसी सेनाले युद्धमा नेपालीको भर्ती र प्रयोग बन्द गर्नुपर्छ, रुसको दुई वर्ष (युक्रेन युद्धस् विनाश र विनाश मात्रै भयो, इजरायलः तत्काल युद्धविराम होस्, प्लेकार्डसहित प्रदर्शन इजरायलः मानवता विरुद्धको अपराध बन्द गर, हमासः आतंकवाद बन्द गर, हमासः विपिन जोशीसहित सबै बन्धकहरूलाई निःशर्त रिहा गर, १२८ दिन इजरायल(हमास युद्धः सभ्यता लज्जित छ, मानवता पराजित भएको भन्दै प्रदर्शन गरेका थिए ।
मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव प्रकाश शाहीले युद्ध सुरु भएको दुई वर्ष पुग्दा पनि युद्ध नरोकीनु ले मानवअधिकार को हनन हुनुका साथै विश्व शान्ति खल्वलियको र युद्ध मानवता विरुद्धको अपराध भएको भन्दै विश्व जगतले दवाव सृजना गर्नुपर्ने र चांडो भन्दा चांडो शान्ति कायम हुनुपर्नेमा जोड दिएका छन ।
यस्तै सुर्खेत शाखाका सभापति प्रेम भण्डारीले युद्धले विनास मात्र निम्त्याउने हुनाले युद्ध तत्काल रोक्न रुस र युक्रेनलाई आग्रह गरेका छन । सभापति भण्डारीले रुस युक्रेन युद्धको २ बर्ष पुगेको शिलसिलामा मानवअधिकार तथा शान्ति समाजका बिभिन्न शाखामा प्रद्रशन गरीयको समेत जानकारी गराए।

Post a Comment