कर्णालीका नागरिकलाई पौष्टिक स्तरोन्नती गरिएको चामल

सुर्खेत : कर्णालीका नागरिकले पौष्टिकतत्व स्तरोन्नती गरिएको ९फोर्टिफाइड० चामल खान पाउने भएका छन । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीका पाँच जिल्ला हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लालाई मध्यनजर गर्दै पौष्टिक तत्त स्तरोन्नती गरिएको चामल वितरण गर्ने भएको हो ।

नेपाल सरकारले खाद्यान्नमा हुने पौष्टिक तत्वका कमीलाई पूर्ति गर्न २०८० साउन १ गते फोर्टिफाइड चामल आपूर्ति तथा गुणस्तरसम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेको थियो । सरकारले पहिलोपटक कर्णाली प्रदेशका ५ जिल्ला हु्म्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा फोर्टिफाइड चामल वितरण गर्ने भएको हो । चालू आर्थिक वर्ष ३०८०÷८१ मा ७४ हजार क्विन्टल विक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बताएका छन ।  

कर्णालीका नागरिकलाई चामलको अभाव नहोस भनेर विभिन्न तरिकाले बिक्रि तथा वितरण गर्दै आएको जानकारी दिनुभयो । कर्णालीको भोग गरिबीलाई मध्येनजर गर्दै धुवानी गर्ने गरेको बताए । भौतिक संरचना भएका ठाउँहरुमा कर्मचारी व्यबस्था गरिएको जानकारी दिए । 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशका नागरिकहरुको स्वास्थ्यमा सुधार गर्नमा पौष्टिक युक्क्त चामलले मद्दत गर्ने बताएका छन । पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलले प्रदेशवासीको स्वास्थ्यमा सुधार गर्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री शर्माले प्रदेशलाई चामलमात्र नभएर उत्पादन गर्ने सिप पनि दिनुपर्ने बताएका छन । कर्णालीलाई चामल मात्र नभई रैथाने बालीमा प्रबद्धन गर्नमा जोड दिनुपर्ने बताए । 

कर्णालीको विकास र समृद्धिका आधारमा कोही पनि मानिसहरु कुपोषणका कारण विकासमा   अबरोध नहोस भन्ने उद्देश्यले दुर्गम जिल्लामा यसको सुरुवात गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । प्रदेश स्तरीय कार्यक्रमको आयोजना गरेको हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ४५ प्रतिशत बाल मृत्युदर कुपोषण नै रहेको तथ्याङ्कमा उल्लेख छ । नेलालाको जनसाख्यिा तथा स्वास्थ्य सर्वेक्षण, २०२२ का अनुसार अझैपनि ५ वर्ष मुनिका बालबालिका ४३ प्रतिशत,प्रजनन उमेरका महिला ३४ प्रतिश र किशोरीहरु ३९ प्रतिशत रक्तअल्पताले गम्भिर जनस्वास्थ्य समस्याको शिकार भइरहेको तथ्याङ्कले जानएको छ । साथै ५ वर्षमुनिका २५ प्रतिशत बालबालिका पुड्कोपन र १९ प्रतिशत कम तौल छ भने विभिन्न उमेर समुहमा जिङ्क, भिटामिन बि १२, फोलिक एसिडजस्ता अत्यावश्यक सुक्ष्म पोषण तत्वको कमि रहेको तथ्याङ्कमा उल्लेख छ । कुपोषणलाई न्युनीकरणका लागि विश्वस्वास्थ्य संगठनले २०३० सम्मको दिगो लक्ष्य प्राप्ति गर्ने प्रतिवद्धता जनाएको छ । 

यस्तै मिलमा कुटेर प्याक गरेको अर्थात् अरू कुनै तत्त्व नमिसाइएको चामल खाँदै आइरहेकाले नागरिकको भान्सामा केही फेरबदल ल्याउन पोष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस) कम्पनीले बिक्री शुरू गरेको खाद्य व्यवस्था तथा व्यापार केन्द्रका बिक्री–वितरण विभागका प्रमुख भीम थापाले  जानकारी दिए ।

उनका अनुसार विभिन्न सूक्ष्म पोषण तत्त्व मिसाइएको चामल हाम्रो भान्सामा पाक्नेछ । ठुला मिलहरूबाट आठथरी सूक्ष्म पोषण तत्त्व मिसाएर चामल उत्पादन थालिएको र कम्पनीले उपलब्ध गराइरहेका कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरूमा सुर्खेतबाट पठाउन शुरू गरिएको थापाले बताए ।

पहिलो चरणमा कर्णालीका जिल्लाहरूमा वितरण गर्ने गरी ६०० मेट्रिक टन चामल सुर्खेत पठाइसकिएको छ । उत्पादनको पहिलो चरणमा कर्णाली प्रदेशमा र क्रमशः अन्य प्रदेशहरूमा उत्पादन तथा वितरण सुरु गर्ने विभागका प्रमुख थापाले बताए ।

पूर्वसम्झौता तथा योजनाअनुसार भदौसम्म कर्णाली प्रदेशमा यस्तो चामल वितरण गरिसक्ने केन्द्रको तयारी छ । विशेष प्रविधिबाट सूक्ष्म पोषण तत्व चामलमा मिसाउने प्रक्रिया हुन्छ । प्रविधि र भिटामिन एकैपटक व्यवस्थापन गर्न नसकिएकाले सुरुमा कर्णाली प्रदेश र क्रमशः अरू प्रदेशहरूमा वितरण गर्ने कार्यक्रम बनाइएको प्रमुख थापाले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post