दुल्लू नगरपालिकाका १६ जना युबाहरुलाइ ५ दिने जिवनउपयोगी सीप तालिम सुरू

नारायण रिजाल,(सम्पादक) दैलेखको दुल्लू नगरपालिकामा सेभ द चिल्ड्रेन को आर्थिक सहयोग एभरेस्ट क्लब दैलेख द्वारा संचालित पावर परियोजनाको आयोजना मा दुल्लूका १६ जना युबाहरुलाइ ५ दिने जिवनउपयोगी सीप तालिम आज २०८०।१०। २७ गतेबाट दुल्लू नगरपालिका स्थित ज्वाला हेटलमा शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन सर्त एभरेस्ट क्लब दैलेखका बरिस्ठ उपाध्यक्ष बाल कृष्ण के सि ज्युको अध्यक्षता,दुल्लू नगरपालिकाका प्रमुख भरत रिजालको प्रमुख अतिथ्यता र दुल्लू नगरपालिकाका उप प्रमुख विना कार्की ज्यु को बिशेश अतिथ्यतामा संचालन भएको थियो ।

कार्यक्रम मा बोल्दै सक्रिय युबा क्लब दैलेखका अध्यक्ष नारायण रिजालले जीवन उपयोगी सीप तालिम पछि यहाँ रहेका सहभागीले म को हु र मेरो जिवनको उपयोग के हुन सक्छ भन्ने जान्न सक्ने कुरामा विस्वस्त रहेको जानकारी गराउनु भयो ।

यो जिवनको उपयोगी सीप तालिम लगिसके पछि यहाका युबाहरुले आफ्नो बजार अध्यान गरि व्यबसाय गर्न नया सीप सिक्न न सिकिसकेको कुरा उपयोग गर्न पर्ने कुरा नगर प्रमुख भरत रिजाल ले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै दुल्लू नगरपालिका नगर उपप्रमुख बिना कार्कीले जिवनलाई सवल, सफल र सक्षम बनाउने बाटो मध्य एउटा उद्यमशिलता रहेको र आफू यस भन्दा अगाडि उद्यमशिल्तामा जोडिएको र यसबाट मनग्य आमदानी गर्न सफल भएको आफनो उदारण दिदै जिवन उपयोगी सिप तालिमले अवको आफनो बाटो तयार गर्न र व्यवसायी बन्न सहयोग गर्ने भएकाले दत्तचित्रका साथ तालिममा सक्रिय सहभागीलाका लागि सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो ।



त्यसै गरि एभरेष्ट क्लव दैलेखका बरिष्ठ उपाध्यक्ष बालकृष्ण के.सि ले तालिममा सहभागीहरुलाई सक्रिय सहभागीताका लागि अनुरोध गर्दै यस तालिमले सहभागीहरुलाई जिवनमा कसरी सफल बन्न सकिन्छ भन्ने ज्ञान संगै जिवनमा आइपर्ने समस्या समाधान र त्यसमो सही निर्णय लिन सक्ने बनाउन सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भयो । एभरेष्ट क्लव दैलेखले यस वर्ष दुल्लू नगरपालिकामा ३० जना युवाहरुलाई उद्यमी बनाउने योजना रहेकोले यो पहिलो चरणको जिवन उपयोगी तालिम १६ जना र त्यस पछि १४ जनालाई उपलब्ध गराउने योजना रहेको छ । पहिलो चरणको एकिकृत जिवन उपयोगी सिप तालिम पश्चात युवाहरुलाई लघुउद्यम विकास तालिम र व्यवसायीक सिप विकास तालिम प्रदान गर्ने परियोजनाको

विशेष गरि यश तालिमले युवाहरुलाई जीवन उपयाेगी सीप सम्बन्धि ज्ञाप, सीप र धारणाकाे वकास गरि उनिहरुकाे क्षमतामा अभिबृद्वि गर्ने जसले उनीहरुकाे सफल जिवनयापनकालगि मार्गप्रशसत गर्ने छ । एभरेष्ट क्लवले यस वर्ष दुल्लू नगरपालिकामा ३० जना युवाहरुलाइ उधमशिलता मा जाेडी उनीहरुकाे सम्मानजनक राेजगार तथा स्वराेजगारमा टेवा पुर्याउने याेजना रहेकाे छ । जस अन्तगत याे तालिम एक सरुवाति चरण हाे ।

Post a Comment

Previous Post Next Post