सुर्खेतमा ‘रन फर युनिटी’ प्रतियोगिता हुँदै

सुर्खेत : वीरेन्द्रनगरमा फागुन १२ गते एकताका लागि ‘रन फर युनिटी’ प्रतियोगिता हुँदै छ । कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि प्रतियोगिता आयोजना हुन लागेको नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतले जनाएको छ ।

खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमको रूपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाको भनाइ छ ।

करिब एक हजार जनाको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रासमेत समावेश गरिएको छ, जसमा ५ किलोमिटर पैदल यात्रा, ५ किलोमिटर पुरुष÷महिला दौड र १० किलोमिटर पुरुष÷महिला दौड र पुरुष खुल्लामा २१ किलोमिटरको दौड  रहेका छन् ।

प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न संघसंस्थाले भाग लिन पाउने छन् ।

प्रतियोगिताका विजेताहरूलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिनेछ । यस्तै उक्त दिन सेनाले युद्ध कौशल, हात हतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरूको प्रर्दशनीसमेत गर्ने भएको छ । कार्यक्रम वीरेन्द्रनगर खुलामञ्चमा हुने भएकोछ ।


Post a Comment

Previous Post Next Post