‘कर्णाली प्रदेश खेलकुद गीत’ सार्वजनिक सूचना आह्वान गर्दा पनि प्रयाप्त रचना पुगेनन्

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषदले ‘कर्णाली खेलकुद गीत’का लागि सार्वजनिक सूचना आह्वान गर्दा पनि प्रयाप्त मात्रमा गीतको शब्द रचना आइनपुगेको बताएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले आफ्नो छुट्टै खेल गीतको लागि ५ पौष २०८० मा पहिलो पटक सार्वजनिक सूचना मार्फत ‘कर्णाली प्रदेश खेलकुद गीत’को शब्द सचना माग गरेको थियो । पहिलो पटकको सूचनामा प्रयाप्त गीतको शब्द रचना आइनपुगेपछि परिषदले दोस्रो पटक आफ्नो वेबसाइट मार्फत २१ पौष २०८० मा पुन गीतको शब्द सचना मागको म्याद थप गर्यो ।


उक्त सूचना मार्फत परिषदले ‘कर्णाली प्रदेश खेलकुद गीत’को लागि कर्णालीको पहिचान,धरोहर, भेषभूषा,

सस्कृति र कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको भाब झल्किने गरी खेलकुद गीतको शब्द रचनाको माग गरेको थियो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको कार्यालयमा आएका ‘कर्णाली खेलकुद गीत’को शब्द रचनाहरु छनौट गर्नको लागि परिषदले कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवं साहित्यकार रमेश न्यौपानेको संयोजकत्वमा मध्यपश्चिम विश्व विद्यालयका उप प्राध्यापक कमल लम्साल र साहित्यकार देबकी तिमिल्सेना सदस्य रहेको गीत छनौट समिति गठन गर्यो । उक्त समितिको शनिवार बसेको बैठकले हालसम्म कर्णाली प्रदेश खेलकुद विकास परिषदमा आएका खेलकुद गीत शब्द सचनाहरु प्रयाप्तमात्रमा प्राप्त नभएको भन्दै कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई पुन ‘कर्णाली प्रदेश खेल गीत’को शब्द रचना माग गर्न कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई अनुरोध गरेको परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले जानकारी दिए ।

उक्त समितिका सदस्य एवं मध्यपश्चिम विश्व विद्यालयका उप प्राध्यापक कमल लम्सालले समितिमा प्राप्त भएका रचनाहरु उत्कृष्ट रहेको तर गीत शब्द रचनाहरुको सूचाना अझ धेरै सर्जकसम्म पुगोस् र अझै उत्कृष्ट रचना आवस् भन्ने उदेश्यले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई सूचनाको म्याद थप्न अनुरोध गरेको बताए ।


‘छनौट समितिमा आएका गीतका शब्द सचनाहरु हामिले हे¥यौ । कर्णालीको खेल गीत कर्णालीको भाषा, सस्कृति र पर्यटकीय स्थलसँग जोडेर शब्द रचनाहरुको माग गरेको हुनाले अहिले प्राप्त भएका गीतको शब्द रचनाहरु मध्यबाट छान्दा भोलि यो भन्दा अझै राम्रो गीत बन्न सक्थ्यो भन्ने सर्जकहरुबाट प्रतिक्रिया आउने भएकोले दिर्गकालिन सोचका साथ गीतको शब्द रचना छान्नु पर्ने भएकोले केहि समयको लागि म्याद थप गरेर धेरै सर्जकसम्म यो सूचना पुगोस् भन्ने उदेश्यले हामीले परिषदलाई म्याद थप्न अनुरोध गरेका हौ ।’ ‘उनले भने ।’


Post a Comment

Previous Post Next Post