सुर्खेत : मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको जिप दुर्घटना हुँदा तीन जनको मृत्युु भएको छ। कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा जिप दुर्घटनाहुँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटले घटना स्थलमै एक जना र थप दुई जनाको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाएको छ।
मृत्यु हुनेहरुको ठेगाना नखुलेका २१ वर्षीय अकल विक, २५ वर्षीय सुदर्शन सेजुवाल र २१ बर्षीय रमेश बुढा रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले जानकारी दिए।
दुर्घटनामा सात जना घाइते भएका छन्। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ।
घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धिरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही र मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन्। जिप सडकबाट ५० मिटर तल खसेको थियो।

Post a Comment