चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड भोली जुम्ला आउँदै

 सुर्खेत : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले २२ कात्तिकमा साविकको माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बोधन गर्ने भएका छन्। प्रचण्डले एकैसाथ तीन जिल्लामा गठबन्धनको आमचुनावी सभा सम्बोधन गर्ने भएको माओवादी पार्टीका एक नेताले जानकारी दिएको छ।

माओवादीका नेता मनऋषि धितालका अनुसार अध्यक्ष जुम्ला, कालिकोट र हुम्लामा चुनावीसभालाई सम्बोधन गर्नेछन्। नेता धितालले प्रचण्ड बिहान ९ बजे सुर्खेत आउने छन्। सुर्खेतबाट जुम्लामा ९ः ५० बजे आउने भएका छन्।

यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले जुम्लामा गठबन्धनको चुनावी सभा सम्बोधन गरेपछि हुम्लाको सर्केघाटमा १०ः१० मा जाने तालिका छ । यसैगरी, सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १२ः ३० मा कालिकोट जाने तालिका छ।

जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश ९क० मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र प्रदेश ९ख० मा समाजवादीका पदम रोकाया उम्मेदवार छन्।

Post a Comment

Previous Post Next Post