डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

 सुर्खेत  : डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको धक्का सुदरपश्चिम र कणालीका विभिन्न जिल्लामा महसुश भएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । 

भूकम्प राति ९ बजेर ७ मिनेटमा गएको थियो । भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण छैन । भूकम्प भारतका विभिन्न भागमा समेत महसुस भएको बताइएको छ । 


Post a Comment

Previous Post Next Post