काठमाण्डौ : नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार दिउँसो काठमाण्डौको याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदो चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा पार्टीले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । घोषणापत्रमा देशको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।
यस्तै एमालेको घोषणापत्रमा सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने उल्लेख छ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने पनि जनाइएको छ ।
कृषिको व्यवसायीकरण गरिने तथा साना, मझौला र ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने घोषणापत्रमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादन जीडीपीलाई आउँदो पाँच वर्षभित्र १०० खर्ब रुपैयाँ र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी दोब्बर अर्थात् ३ लाख रुपैयाँ ९२४०० अमेरिकी डलर पुर्याइने पनि उल्लेख छ ।

Post a Comment