सुर्खेत : पिकनिक खाना गएर पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई युवा अझै भेटिएका छैनन्। शनिबार दिउँसो वीरेन्द्रनगरबाट पिकनिक खाना गएका वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी (छवि) पौडडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
प्रहरीले दुई दिनसम्म पनि खोजतलास गर्दा उनीहरुको अत्तोपत्तो नै नलागेको हो। शनिबार दिउँसो तीनबजेदेखि उनीहरु नदीमा डुबेर बेपत्ता भएका थिए।
त्यसलगत्तै सशस्त्र प्रहरी बल रक्तकालीगढ बाङ्गेशिलका प्रमुख एसपी विमल डाँगीको नेतृत्वमा खोजी कार्य सुरु भएको थियो। यद्यपि उनीहरु अझैसम्म नभेटिएको डाँगीले बताए। उनले भने,‘ चार जनाको गोतखोरको टोली समेत खटाएर खोजी कार्य गर्दा समे पत्ता लगाउन सकिएको छैन्।’
तिहारमा देउसीभैलो खेलेको उनीहरुको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए।

Post a Comment