वर्षाका कारण जुम्लामा ५ दिनदेखि खानेपानी, बिजुली, टेलिफोन,इन्टरनेट लगायतका सेवा बन्द

 जुम्ला : लगातारको वर्षाले जुम्लामा गएको पाँच दिनदेखि खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट लगायतका सेवा बन्द भएको छ ।

वर्षासँगै आएको बाढी र पहिरोका कारण चिमारामा खानेपानीको पाइप चुडिएको छ भने चट्याङका कारण नेपाल टेलिकमको जुम्ला सदरमुकामको मुख्य कार्यालयको ओडीयू सेट बिग्रिँदा टेलिफोन सेवा बन्द भएको छ । टेलिफोन बन्द हुँदा विपद्को सूचना लिनसमेत कठिन भइरहेको छ । 

ओडीयू सेटमा क्षति पुगेसँगै टेलिकमको इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकम जुम्लाका निमित्त प्रमुख पदमराज महताराका अनुसार ओडीयू सेट काठमाण्डौबाट ल्याउने तयारी गरे पनि मौसम खराबीले जहाज आउन नसकेको बताएका छन। 

यसैगरी वर्षाका कारण पोलमा क्षति पुग्दा बिजुली सेवासमेत बन्द भएको छ । लगातारको वर्षाले कर्णाली राजमार्गको एक दर्जन बढी ठाउँमा सडक पनि बन्द भएको छ । जुम्ला खण्डको गाडगडेनीमा ठूलो पहिरो खस्दा पाँच दिनदेखि यातायात सेवा बन्द भएको हो । 

Post a Comment

Previous Post Next Post