गठबन्धनको सहयोगमा रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

काठमाण्डौ : नेकपा एमाले छाडेका नेता घनश्याम भुसालले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन ।

रुपन्देहीमा रहेको आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर भुसालले आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन । उनले आफूले नेपालको बाम आन्दोलनलाई नयाँ उचाईमा उठाउनको लागि पनि उम्मेदवारी दिएको बताएका छन । उनले आफूलाई सत्ता गठबन्धनका दलको समर्थन रहने पनि बताएका छन ।  

उनले गठबन्धनको सहयोगमा उम्मेदवार बनेकाले आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन। सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको छ । माओवादीले घनश्याम भुसालले उम्मेदवारी दिएमा सहयोग गर्ने बताइसकेको छ ।

Post a Comment

Previous Post Next Post