कालीकोटमा मलामी गएका १३ जना पहिरोमा परि बेपत्ता

   कालीकोट : कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएको  पुष्टि भएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । उनका अनुसार तिलागुफा नगरपालिका(४ राँचुली गाउँबाट मलामी गएका १३ जना पहिरोमा परेका हुन् ।


१३ जना मलामी र लासलाई पहिरोले पुरेको छ’ उनले भने– ‘पहिरो सिधै तिला नदीमा खसेको छ ।
 नदीमा बाढी आएकाले खोजी कार्यमा भने कठिनाइ भएको छ।’ अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी जाँद गर्दा उनीहरु पहिरोमा परेका हुन् ।

पहिरोमा वडा अध्यक्ष परबहादुर शाहीसहित १३ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए।


Post a Comment

Previous Post Next Post