काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको उनलाई पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिएका छन ।
उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यही अवस्था कायम रहेमा सम्भवतः भोलि मङ्गलवरासम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने उनको भनाइ छ ।
यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनको उपचारमा डा. निरज वम नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

Post a Comment