सुर्खेतमा तिहारको रमझम,माग अनुरुप पुलको अभाव

 सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्र नगरपालिमा तिहार नजिकिदै गर्दा माग अनुरुप फुलको अभाव हुने गरेको छ । आज भन्दा करिब दश वर्ष अघिदेखी सुर्खेतमा फुलको व्यवसाय गर्दै आएको झरना नर्सरीले माग अनुरुप फुल पु¥याउन नसकिने बताएका छन । तिहार नजिकिए संगै बुकिङ्ग पनि सुरु भएकाले गर्दा फुल अभाव भएको बताएका हुन ।  यसवर्ष चार कठ्ठा जग्गामा सयपत्री फुल लगाएको छ । माग अत्याधिक भएपनि यसवर्ष पोहोर सालको तुलनामा फुल कम लगाएको झरना नर्सरीका सन्चालक झरना थापाले जानकारी दिइन् । ‘पोहोर त फुल र माला माग अनुसार पुराउनै सकेनौ तर यसपटक भने कम लगायौ’, उनले भनिन्, ‘हाम्रो नर्सरीबाट यसवर्षको फुलको पचाँस हजार वेर्नामात्रै बेच्यौ, पाहोरको माग देखेर व्यवसाय गर्ने बढेकाले हामीले उत्पादन घटायौ ।’ झरना नर्सरीले यसवर्ष पँचास हजार बेर्ना बिक्री गरेको छ । पोहोर मौसमले साथ नदिएर सोचेभन्दा कम उत्पादन भएपनि यसवर्ष मौसमले साथ दिएको सन्चालक थापाको भनाई छ । करिब दश वर्ष सुर्खेतमा फुलकै व्यवसाय गर्दै आएको अनुभवका आधारमा अब सुर्खेत फुलको माग पुरा गर्ने अवस्थामा पुगेको उनको अनुभव छ । सुर्खेत फुलमा आत्मनिर्भर भैसकेको र यसवर्ष फुलकै व्यवसाय गर्नेहरुको संख्यामा बृद्धि भएकाले डिमाण्ड संगै उत्पादनमा पनि बृद्धि भएको उनको भनाई छ । करिब दश वर्ष पहिले सुर्खेतको बजारमा विशेष गरी तिहारको बेला कृत्रिम रबरका फुल तथा मालाले बर्चस्व कायम गरिरहेको अवस्थामा ति फुललाई निरुत्साहित गर्न आफुहरुले ब्यावसायीक रुपमा फुल खेती गर्न सुरु गरेको संचालक थापाले जानकारी दिइन् । 

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३ मा रहेको खुशी कृषि तथा पशुपन्छि फर्मले पनि यसवर्ष चार कठ्ठा जग्गामा नौ सय बिरुवा सयपत्री फुल उत्पादन गरेको छ । हरेक वर्ष आउने ठुला चाडपर्व, विवाह, समारोहहरु जस्ता फुलको अत्यावश्यक पर्ने समयमा फुलको समस्या भएको देखेर आफुहरुले पनि फुल खेत ीगर्ने योजना बनाएको फर्म सन्चालक रमा सड्का के.सीले जानकारी दिइन् ।  अहिले तिहारको माहोल भएकाले सात सय पचास रुपैयामा एक के.जी फुल बिक्रि गरिरहेको उनले जानकारी दिइन् । दशै देखी अहिलेसम्म ४० के.जी बिक्रिी गरेको संचालक के.सीले जानकारी दिइन् । उत्पादन कम र माग बढि भएकाले मुल्यमा बृद्धि भएको उनको भनाई छ । सुर्खेतमा फुल व्यवसायको सम्भावना अत्याधिक भएको उनको अनुभव छ । आफुले उत्पादन गरेको फुल तिहारका लागी एक क्वीन्टल सयपत्री बुकिङ्ग भैसकेको पनि उनले जानकारी दिइन् । 

यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. १४ को भर्लेनिमा संचालित कर्णाली ड्रागन फ्रुट फर्मले हजारी फुलका लागी अग्रीम बुकिङ्गको लागी सुचना गरेको छ । हजारी फुल सिमित मात्रामा उल्पादन गरेकोले ग्राहकको माग अनुसार फुल र माला समेत तयार गरिने भन्दै समयमै बुकिङ्ग खुल्ला गरेको फर्मका संचालक हिराबहादुर घर्तिले जानकारी दिए । ‘मैले यो पहिलो पटक दुई  कठ्ठामा पाँचसय विरुवा रोपेको हो, दशै अगाडिबाटै फुल बेच्न शुरु भएको छ,’ उनले भने, ‘माग धान्नै समस्या भैसक्यो, अर्को वर्ष धेरै जग्गामा लगाउने योजना बनाएको छु ।’ सहकारीहरुको बार्षिक उत्सब, पुजाआजामा होस वा कसैको विवाह ब्रतबन्ध होस् फुलनै चाहिने भएकाले फुलको माग अत्याधिक रहेको उनको भनाई छ । आफुले लागएको फुल सबै बुकिङ्ग भैसकेकाले अन्यत्र जिल्लाका फर्मबाट मगाएर बिक्रि गर्ने योजना बनाएको धर्तिले बताए । आफुले सयपत्री फुल प्रति के.जी सात सय रुपैया र माला तिन देखी चारसय रुपैयासम्म बिक्रि गरिरहेको उनले जानकारी दिए । 

प्लाष्टिकका माला पनि बजार भरी  

कतिपयले त अहिले पनि प्लाष्टिकका रेडिमेड माला प्रयोग गर्ने गरेका छन् । सुर्खेतको बजारमा भने कष्मेटिक पसल देखी ठेलामा समेत प्लाष्टिकका मालाले रंगीचंगी देखिएको छ । चाडपर्वमा फुलको माग धान्न नसकेर पनि छिमेकी देश भारतबाट हरेकवर्ष धेरै मात्रामा प्लाष्टिकका मालाहरु भित्रिने गरेको छ । सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । गत साउन १२ गते वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । तर पनि तिहार नजिकिदै गर्दा बजार भरी प्लाष्टिकका मालाले बजार नै झिलीमीली भएको देखिन्छ । जसले गर्दा चाडपर्व नजिकिएको अनुभुति गराउदछ । सुर्खेतमा करिब २० वर्ष देखी कष्मेटिक व्यवसाय गर्दै आएका वुटवलका जुल्फकर अलीले हरेक वर्ष चाडपर्वमा प्लाष्टिकको मालाको माग बढ्ने जानकारी दिए । ‘विशेष गरेको यो सिजनमा कर्णालीका पहाडी तथा सुर्खेतको पश्चिम तिरको व्यवसायिले अधिकांश माला लैजानुहुन्छ’, उनले भने, ‘पहिले जस्तो फुल पनि पाइदैन फुल खोज्ने हैरानी गर्नूभन्दा प्लाष्टिककै लागायो आनन्द भन्दै लैजान्छन् ।’ पछिल्लो समय भनेको समयमा पानी नपर्ने, परेपनि नरोकिने जस्ता समस्याले वातावरणलाई प्रभाव पारेको छ । जसको असर उत्पादनमा पनि परेको छ । घरमा पुग्ने गरि फुलहरु लगाएपनि तिहारको समयमा नफुल्ने कि अघि कि पछि फुल्ने जस्ता समस्यालाई पनि प्लाष्टिकको मालाले साथ दिएको व्यवसायिको भनाई छ । 

वीरेन्द्रनगरको तल्लो बजारमा रहेको फिरोज कष्मेटिक पसल पनि प्लाष्टिकका मालाले अहिले ढाकिएको छ । दशै सकिए लगत्तै पुरा पसल मालाले नै रंगीएको देखिन्छ । हरेक वर्ष तिहारको समयमा प्लाष्टिकको माला यसरीनै बिक्री गर्दै आएको पसल सन्चालक फिरोज खानले जानकारी दिए । ‘पहिलो कुरा फुलनै अभाव हुन्छ, पाइए पनि सातसय रुपैया भन्दा बढि किलोलाई पर्छ, अनि गरिब परिवारलाई सातसयले चाडपर्वमा खानपानमा सजिलो होला मालामा खर्चीनु भन्दा’, उनले भने,‘प्लाष्टिकको माला पचाँस रुपैयामा पाइन्छ सस्तो पनि सजिलो पनि ।’

विशेष गरि तिहारको समयमा फुलकै लागि लाखौँ पैसा बाहिरी देशहरुमा गईरहेको समयमा आफुहरुले उत्पादन गरेको फुलहरुले बाहिरबाट भित्रिने कृत्रिम फुलमा आयत कमि हुने सुर्खेतमा फुलको व्यवसाय गर्दै आएका नर्सरी संचालकहरुको भनाई छ । बाझो रहेका आफ्नै खेतबारी होस् वा लिजमा लिएर भएपनि बेरोजगारी बस्नुभन्दा सिजन सिजनमा हुने व्यवसायहरु गर्दा आत्मनिर्भर संगै व्यवसायिक पनि भईने उनीहरुको अनुभव छ ।  


Post a Comment

Previous Post Next Post