सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाबाट लागूऔषधसहति प्रहरीले एकजनाई पक्राउ गरेको छ। बुधबार भेरीगंगा नगरपालीका–१२ मसिना स्थित सुर्खेत नेपालगञ्ज पक्की सडक खण्डमा प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरीले भारतको बहराईच जिल्ला नानपारा स्थायी घर भएका व्यक्तीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा २६ वर्षीया लियाकत अली रहेका छन्। उनि वीरेन्द्रनगर नगरपालिका–६ मा बस्दै आएका छन्। नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेको फोर्स गाडीलाई रोकेर चेक गर्दा उनले शंकाष्पद गतिविधि गरिरहेको देखेपछि प्रहरीले खान तलासीगरेको थियो।
प्रहरीले उनलको साथबाट ३ ग्राम ५५ मिलिग्राम भएको लागूऔषध ९ब्राउनसुगर० जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो।

Post a Comment