सुर्खेत : कर्णाली राजमार्ग अन्तर्गत पर्ने सुर्खेत कालिकोट सडक खण्ड ६ दिनपछि सञ्चालनमा आएको छ । दैलेखको खिड्कीज्यूलामा ठुलो ढुंगा खस्दा अवरुद्ध भएको सडक खण्ड बुधवार राती नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर फोडेसंगै कालिकोटसम्मको सडक खुलेको हो।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा अधिकारीहरुको उपस्थितिमा विस्फोटक पदार्थ प्रयोग गरि सडक सुचारु भएको थियो। नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरि ठुलो ढुंगा फुटाएको दैलेखका प्रहरी प्रमुख (डिएसपी)भुवनेश्वर प्रसाद साहले बताए। ‘कालिकोटसम्म सवारी साधन चल्ने मिल्ने गरि सडक खुलेको छ।’ डिएसपी साहले भने, ठाउँठाउँमा पहिरोले सडक बिग्रेकाले होशियारी पूर्वक सावरी चलाउनुपर्छ।’
कालिकोट देखी जुम्ला जोड्ने सडक पहिरो र बाढीले कटान गरेसंगै अवरुद्ध भएको छ। बाढी पहिरोले कालिकोट खण्डको एसमोड र सेरी घाटमा सडक अवरुद्ध भएको हो। एसमोडको पहिरो शुक्रवारसम्म पन्छाउने र तिला नदिले सडक कटान गरेकाले नयाँ सडक बनाउनुपर्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख (डिएसपी) नयश्वर रिमालले बताए। उनका अनुसार राजमार्ग कहिले खुल्ने भन्ने टुंगो छनै।
‘तिला नदिले कटान गरेर सडक नै छैन्।’ कालिकोटका प्रहरी प्रमुख रिमालले भने, कटान गरेको ठाउँमा कडा पहरो छ। नयाँ तथा बैकल्पिक सडक खन्नुपर्ने भएको छ। कहिलेसम्म राजमार्ग खुल्न एकिन भन्न सकिने अवस्था छैन्।’ सेरी घाटमा विस्फोटक पदार्थ प्रयोग नयाँ सडक बनाउने तयारी भएको कालिकोट प्रहरीले जनाएको छ।

Post a Comment