निर्वाचनमा घृणायुक्त र दुष्प्रचारबाट बच्न पत्रकारहरुलाई अभिमुखीकरण

 सुर्खेत : आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा घृणायुक्त अभिव्यत्ती र दुष्प्रचारबाट बच्न पत्रकारहरुलाई अभिमुखीकरण गरिएको छ । मिडिया एक्सन नेपालले सुर्खेतमा विहीवार निर्वाचनमा स्वस्थ मिडिया कभरेजवारे कार्यक्रमको आयोजना गरी घृणायुक्त र दुष्प्रचारबाट बच्न आग्रह गरेको हो । 

निर्वाचनमा विभिन्न राजनीतिक दलहरुले एक अर्काप्रति घृणायुक्त भाषण गर्ने, दुष्प्रचार बढी गर्ने भएकोले संचारमाध्यम र संचारकर्मीहरुले त्यस्ता भाषणलाई सन्तुलित बनाएर सम्प्रेष्ण गर्नुपर्ने बताइएको छ । संचारमाध्यममा घृणायुक्त र दुष्प्रचार कदापि हुनुहुँदैन भन्दै कार्यक्रममा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहितालाई पूर्ण पालना गर्न सके काम गर्न सहज हुने जनाइएको छ । 

कार्यक्रममा मिडिया एक्सनका अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकार आचारसंहिता रमिडिया कभरेजका साथै नैतिकता ज्यवसायिकताबारे सुनिचित हुने बताएका हुन । अध्यक्ष पन्त मिडियाले पालना गर्नुपर्ने आचारसंहिताको बारेमा सचेत गराउनुका साथै पेसागत मर्यादा विपरित उपहारहरु पनि ग्रहण गर्न नहुने पनि बताएका छन ।

यस्तै कार्यक्रममा निर्वाचनको निष्पक्ष यसको व्यवसायिक मापदण्ड, दि हिमालयन टाइम्स दैनिकका सम्पादक राजन पोख्रेलले संचारमाध्यममा मानवअधिकारको अवस्थाबारे जानकारी दिएका हुन । निर्वाचनका समयमा रिर्पाेटिङ्ग गर्नुपर्दा स्वतन्त्र रुपमा गर्नु पर्ने बताएका छन । 

 स्वास्थ्य अनलाइन टिभीका सम्पादक कल्पना आचार्यले घृणायुक्त र दुष्प्रचारबाट संचारमाध्यम बच्ने वारे जानकारी दिएकी हुन । निर्वाचन निष्पक्ष,स्वतन्त्र र शासनरहित हुनुपर्नेमा जोड दिएकी छिन ।  

सो अवसरमा निर्वाचनमा उम्मेदवार, दलहरुका एजेण्डाका साथै आवाजविहीन तथा सीमान्तकृत समुदायको आवाजलाई प्राथमिकता दिनुपर्ने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन संचारमाध्यमहरु सक्रिय हुनुपर्ने र निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिता पूर्ण पालना गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

आयोजित कार्यक्रमा सुर्खेतमा कार्यरतका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । 


Post a Comment

Previous Post Next Post